१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

विद्यालयबाट कम्प्युटर चोरी

Logo
प्रकाशित सोमबार, पुष २७, २०७७

न्यूजमधेश डेस्क
कलैया , २७ पुस। बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिका- १ महेन्द्र आदर्श जयनगर चिउटाहास्थित श्री राम चरित्र माध्यमिक विद्यालयमा आइतबार राति चोरी भएको छ ।

विद्यालयमा रहेको तिन वटा कम्प्युटर सेट चोरी भएको विद्यालय व्यस्थापनले जानकारी दिएको छ । विद्यालयमा रहेको कोटाको झ्यालको रड भाचेर ३ वटा मोनिटर र ३ वटा सिपियु चोरी भएको विद्यालयका प्राचार्य दिनेश प्रसाद साहले बताए ।

कम्प्युटर चोरी हुँदा विद्यार्थीहरुको कम्प्युटरको कक्षा सञ्चालन हुनसकेको छैन । विद्यार्थीको परिक्षाको नतिजालगायतका महत्वपूण डेटा कम्प्युटरमा रहेकोले समस्या उत्पन्न हुनसक्ने बताउँदै प्रचार्य साहले चिन्ता व्यक्त गरे ।

यसअघि पनि विद्यालयमा चोरी भएको थियो । विद्यालयमा कोरोनाभाइरस नियन्त्रण गर्न क्यारेन्टाइन सञ्चालन भएको बेला वैशाखमा सिसिटिभि क्यामराको रिसिभर, इन्भटरका व्याट्रि र कम्युटर चोरीको थियो । सिसि क्यामेरा चोरी भएको कारण अहिले चोरलाई पता लगाउँन समस्या हुने प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका सई दिलिप कुमार मिश्राले घटनाका विषयमा अनुसन्धान चलिरहेको बताए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । शिक्षा मन्त्री सुमना श्रेष्ठले सबै प्रदेशका शिक्षालाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन् । मंगलबार सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयहरूसँग छलफल गर्दै शिक्षामन्त्री श्रेष्ठले यस्तो आग्रह गरेकी हुन् । मन्त्री श्रेष्ठले नयाँ शैक्षिक सत्रमा नयाँ भर्ना, पाठ्यपुस्तक वितरण, छात्रवृत्ति वितरण तथा संस्थागत विद्यालयको शुल्क नियमनका लागि प्रदेश सरकारको समन्वय आवश्यक रहेको बताइन् । उनले […]

सिरहा । मिर्चैयामा अवस्थित सगरमाथा माध्यमिक विद्यालयमा ‘ग्राण्ड एक्सिबिशन एण्ड इसीए कम्पेटिशन–२०८०’ सुरु भएको छ । यो कार्यक्रम विद्यालयमा बुधबारदेखि सुरु भएको हो । यो कार्यक्रम माघ २७ र फागुन १ बाहेक सरस्वती पुजाको दिन अर्थात् फागुन २ गतेसम्म चल्नेछ । कार्यक्रममा खेल, संस्कृति, कला, विज्ञानलगायत विभिन्न विद्यामा विद्यार्थीहरुले आफ्ना प्रदर्शनी देखाउँनेछन् । विद्यार्थीभित्र रहेका […]

म पछिल्लो दुई-तीन दिनदेखि सिरहाका विभिन्न गाउँ-ठाउँ घुमिरहेको छु । अहिलेका पत्रकार र पत्रकारिताप्रतिको आम दृष्टिकोण बुझिरहेको छु । जिल्लाका ‘इस्यूज’हरू सशक्त ढंगले किन उठान हुन सकिरहेको छैन ? यसका कारणहरू पहिचान गरिरहेको छु । यसक्रममा जे पाएँ, त्यो उदेकलाग्दो छ । एउटा समय थियो – जतिबेला जनताले पत्रकारलाई आफ्ना प्रतिनिधि बुझ्थे । सत्ता र […]