२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

कोरोना नियन्त्रण गर्न मलेसियामा आपतकालिन घोषणा

Logo
प्रकाशित मंगलबार, पुष २८, २०७७

न्यूजमधेश डेस्क
क्वालालम्पुर ,२८ पुस।मलेसियाका राजा अल सुल्तान अब्दुल्लाहले कोभिड-१९ लाई रोक्न मंगलबार देशभर आपतकालिन अवस्थाको घोषणा गरेका छन्।

कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै सो आपतकालिन स्थिति अगस्ट १ वा त्यसभन्दा अघिसम्म पनि रहन सक्ने मलेसियन सरकारद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ।

अल सुल्तान अब्दुल्लाले भने, ‘कोभिड-१९ को संक्रमण ज्यादै बढेको छ। त्यसैको नियन्त्रणका लागि आपतकालिन घोषणा गरेका छौं।’

विज्ञप्तिका अनुसार प्रधानमन्त्री मुहिद्दीन यासीनले संक्रमणको संख्या रोक्न यो नै सक्रिय उपायका रूपमा रहेकाले आपतकालिन घोषणा गर्न अनुरोध गरेका थिए।

सोमबार मोहिद्दीनले देशव्यापी यात्रा प्रतिबन्ध र राजधानी क्वालालम्पुर र ५ राज्यहरुमा १४ दिने लकडाउनको घोषणा गरे। यहाँ दैनिक नयाँ संक्रमणको संख्या बढ्दै गइरहेको छ।

गत हप्ता पहिलोपटक ३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३८ हजार रहेको छ भने ५ सय ५५ जनाको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । किसानको मागको समर्थनमा संयुक्त किसान मोर्चालगायत धेरै किसान संगठनहरूले शुक्रबार भारत बन्दको घोषणा गरेका छन् । संयुक्त किसान मोर्चाले गरेको ग्रामीण भारत बन्दको आह्वानमा यो बन्द गरिएको हो । ग्रामीण बन्दका कारण आज कृषिसम्बन्धी सबै काम बन्द रहने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ग्रामिण भारत बन्द भएकाले आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द […]

कतार । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत कतार आइपुगेका छन् । आइतबार बेलुका अध्यक्ष डा.राउत नेपालबाट कतार आएको छ।उनलाई कतारको विमानस्थलमा यहाँ रहेका नेपालीहरुले भव्य स्वागत गरेका हुन। गैर आवासीय मधेशी संघ कतारले आयोजना गरेको मधेशी सांस्कृतिक कार्यक्रममा सहभागी हुन अध्यक्ष डा.राउत कतार आएको संघका अन्तर्राष्ट्रिय अध्यक्ष ई.शम्भुनाथ साहले बताए । भोलि १३ फरवरी […]

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन प्रस्थान गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा चीन भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनाबाट प्राप्त उपलब्धि साझेदारीसम्बन्धी कार्यक्रममा सहभागिता रहनेछ । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग नेपाल र चीन तथा दुई […]