०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

निर्वाचन प्रक्रिया नरोक्न आयोगलाई ओली समूहको आग्रह

Logo
प्रकाशित बुधबार, पुष २९, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,२९ पुस। नेकपा ओली समूहका नेताहरूले निर्वाचन आयोगलाई आसन्न मध्यावधि चुनावका कार्यक्रमलाई नरोक्न आग्रह गरेको छ । बुधबार आयोगकै कार्यालयमा पुगेर ओली समूहका नेताहरूले निर्वाचनका कार्यक्रम नरोक्न आग्रह गरेका हुन् ।

आयोगमा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, उर्जामन्त्री टोपबहादुर रायमाझीलगायत गएका थिए ।

आफ्नो पार्टीसँग माग गरेका डकुमेन्ट बुझाउनका लागि आयोगको कार्यालय गएका उनीहरूले बताएका छन् ।

प्रथम अध्यक्ष र महासचिव रहेको पार्टी नै आधिकारिक भएकाले आफूहरूले आयोगलाई निर्वाचनका कार्यक्रम नरोक्न आग्रह गरेको नेकपा स्थायी कमिटी सदस्य नेम्वाङले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो। प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ।

जनकपुरधाम। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले मिटरब्याज पीडितलाई न्याय दिने गरि सरकारले काम गरिरहेको बताएका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुर पुगेका लामिछानेले मिटरब्याज पीडितसँग छलफल गर्दै घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने समेत बताए। लामिछानले समस्याको दीर्घकालीन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको, जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन माग्ने […]

काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ । हाल सांसद खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा भइरहेको र थप उपचारका लागि काठमाडौँ […]