०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

ऋणीको जग्गा साहुले बेचेपछि

Logo
प्रकाशित शनिबार, माघ १०, २०७७

कमलेश ठाकुर
जनकपुरधाम ,१० माघ। धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ गौरीपुरका देवकिशुन कामती छोरीको विवाह गर्न पैसा खोज्न थाले। छोरी विवाहको कुरा भइसकेकाले पैसाको जोहो गर्न कामतीलाई हम्मे हम्मे पर्न थाल्यो। गणेशमान चारनाथका साहु सतिश यादव, सत्तोषरका नन्दकिशोर यादव र शहिदनगर नगरपालिका–२ चोरा कोयलपुरकी समुन्द्री देवी ऋण दिन उनले आग्रह गरे। साहुले पैसा सहजै दिन मानेन्। जग्गा पास गर मात्रै पैसा दिने साहुले अडान लिए । कामतीले २१ लाख ऋण लिएर सात कट्ठा घडेरी तीनै जना साहुको नाममा पास गरदिए । तीनै जना साहुसंग उनले ०७३ भदौंमा सात सात लाखको दरले लिएर श्रीमती विद्या कामतीको नाममा रहेको तेजनगरको ६ (क) किता नम्बर ४६४ का सात कट्ठा घडेरी पास गरिदिए ।

१८ लाख खर्चेर कान्छी छोरी पूनमको विवाह सम्पन्न गरे। बाँकी पैसाले घर निर्माण सुरु गरे। घर निर्माणका लागि त्यो पैसा अपुग भएपछि ०७३ असोज ६ मा उनले पुनः समुन्द्री र सतिशबाटै साढे सात लाखको दरले १५ लाख ऋण लिए । सो रकमबाट घर निर्माण पूरा गरे। घर निर्माणको लागि १५ लाख लिएको बेला तेजनगरका ६ (क) का कित्ता नम्वर १२ का १५ कट्ठा १० धुर र कित्ता नम्वर ८२४ का ३ कट्ठा १५ धुर जग्गा (खेत) साहु समुन्द्री र सतिशको नाममा रजिष्टरी पास गरे। ऋण लिएको एक वर्ष पछि काम्तीले दश कट्ठा खेत विक्रि गरी साहुलाई १७ लाख दिएर मिनहा गर्दिन र खेत फिर्ता गर्दिन आग्रह गरे। साहुले पैसा लिएर चार दिनपछि फिर्ता गर्दिने आश्वासन दिए । तर, दुवै कित्ताको १९ कट्ठा ५ धुर जग्गा साहुद्वयले फिर्ता नगरी अर्काको हातबाट विक्री गरेपछि काम्ती न्यायको लागि भौतारिन थालेको छ । साहु रकम लिएर पनि जग्गा फिर्ता गर्न मानेनन्। जग्गा फिर्ता गरिदिने भनेर पटक पटक साहुले ढाँटे। करिब एक महिना अगाडी साहुले अन्य व्यक्तिको हातबाट जग्गा विक्री गरेपछि काम्ती चिन्तित छन्। ऋण तिरपछि जग्गा े फिर्ता गर्ने सहमती भएपनि साहुले अर्काको हातबाट जग्गा बेचेपछि अन्यायमा परका छन् ।

पीडित कामतीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा न्याय पाउनको लागि निवेदनसमेत दिएका छन्। तर उनी न्याय पाउने अवस्था छैन । कामतीले ३६ प्रतिशत ब्याज दरमा तीन गुणा बढीको तमसुक बनाएका छन्। जग्गासमेत पास गरका छन् े । सतिश, नन्दकिशोर र समुन्द्री गाउँघरका चर्का ब्याजी हुन्। जग्गा रजिष्टरी पास गर्नुका साथै कपाली गरपछि मात्र ऋण दिन्छन् े । तिनैजना रकम लगानी गर्ने बिजनेश पार्टनर हुन्। उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कैयौं उजुरी परको े स्रोतको दावी छ । तर प्रहरी प्रशासनले नै संरक्षणमा लागेको पीडितहरूको आरोप छ । तीनै जनालाई गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवको संरक्षण छ । ‘लिएको ऋण तिररे जग्गा फिर्ता गर्न साहुलाई भनेपछि मलाई मेयर यादवले बोलायो। हिसाब गररे उनले ६८ लाख तिर्नुपर्ने सुनायो। म सहमत भए । तर ऋण तिर्न जग्गा बेच्न लाग्दा बिगार्ने काम मेयर यादवले गरे ।’ मेयर यादवको संरक्षण पाएर (साहु)ले आफुमाथि अन्याय गरको उनको भनाई छ ।-टुडे एक्सप्रेस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

काठमाडौँ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल-फित्र (इद)मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । […]