०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

नेपाल–चीन सीमास्तम्भहरुको ‘जीपीएस कोर्डिनेट’ सार्वजनिक गर्न माग राख्दै धर्ना

Logo
प्रकाशित आइतबार, माघ ११, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,११ माघ।नेपाल–चीन सीमास्तम्भहरुको ‘जीपीएस कोर्डिनेट’ सार्वजनिक गर्नुपर्ने माग राख्दै राष्ट्रिय एकता अभियानले काठमाडौंस्थित नापी विभागमा धर्ना दिएको छ ।

नेपाल–चीन सीमामा स्थित दुई देशको सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ को जीपीएस कोर्डिनेट सार्वजनिक नगरिएको भन्दै अभियानले आइतबारदेखि तीन दिनसम्म विभागमा धर्ना दिने जनाएको हो ।

अभियानका संयोजक विनय यादवले सिमानाको विषय उल्लेख गरेर सूचना मागे पनि अझै सूचना नदिएको र सार्वजनिक पनि नगरिएकाले धर्ना दिएको बताए ।

नेपाल–चीन सीमा स्तम्भहरूको पछिल्लो सुपरीवेक्षण कुन मितिमा भएको थियो लगायतका विषय पनि सार्वजनिक गर्नुपर्ने उहाको भनाइ छ ।

सीमा स्तम्भहरूको सुपरीवेक्षण अनुसार कुन-कुन सीमा स्तम्भ भेटिएको भन्ने जानकारी पनि सार्वजनिक गर्नुपर्ने जनाइएको छ । अभियानले सीमामा सुरक्षाको उचित व्यवस्था गर्न पनि माग गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो। प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ।

जनकपुरधाम। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानले मिटरब्याज पीडितलाई न्याय दिने गरि सरकारले काम गरिरहेको बताएका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुर पुगेका लामिछानेले मिटरब्याज पीडितसँग छलफल गर्दै घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने समेत बताए। लामिछानले समस्याको दीर्घकालीन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको, जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन माग्ने […]

काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ । हाल सांसद खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा भइरहेको र थप उपचारका लागि काठमाडौँ […]