१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

धनुषाको लक्ष्मीपुरमा जनमत पार्टीका वडा अधिवेशन सम्पन्न

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१३ माघ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाजी धनुषाधाम नगरपालिका ४ लक्ष्मीपुरमा सोमबार प्रथम वडा अधिवेशन सम्पन्न गरेको छ ।

प्रथम वडा अधिवेशनबाट सर्वसहमतिले प्रमोद कुमार यादवको नेतृत्वमा ११ सदस्यीय वडा कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा देवन मुखिया ,सिता देवी दास ,सचिवमा रामदियल यादव ,सहसचिवमा जितकुमार मुखिया रहेको जनमत पार्टीका अधिवेशन समिति सदस्य धनवीर ठाकुरले जानकारी दिएको छ ।

ठाकुरका अनुसार समितिको सदस्यमा प्रमिला ठाकुर ,राकेश यादव ,लाभ यादव ,गीता यादव ,लिलाम कुमारी यादव ,गुलाम कुमारी यादव रहेको छ ।

उक्त अधिवेशनमा जनमत पार्टीका केन्द्रीय सदस्य ईन्द्रजित यादव ,जनमत पार्टी धनुषा संयोजक दीपनारायण यादव ,युवा नेता किलेश मण्डल , निर्वाचन क्षेत्र नम्बर १का क्षेत्रीय संयोजक बालकृष्णसाहलगईतका नेता तथा कार्यकर्ताहरुको उपस्तिथी रहेको अधिवेशन समिति सदस्य धनवीर ठाकुरले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । नेपालमा नौलो गणतन्त्रको विकल्प नरहेको दावी जनमत पार्टीका केन्द्रीय सदस्य रामेश्वर यादवले गरेका छन् । शुक्रबार आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । यसका लागि उनले नेता कार्यकर्तालाई गाउँ-गाउँमा मुहिम चलाउन आग्रह गरे । नौलो गणतन्त्र आएपछि मात्रै जनताले यो देशमा अपनत्व र राज्य भएको महसुस गर्न पाउने […]

जनकपुरधाम । नेकपा एमालेका सचिव रघुवीर महासेठलाई भव्य स्वागत गरिएको छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेर गृह जिल्ला पुग्दा महासेठलाई भव्य स्वागत गरिएको हो । जनकपुरधाम विमानस्थलमा उपप्रधानमन्त्री महासेठलाई एमाले नेता कार्यकर्ताहरूले १०१ किलोको मालाले स्वागत गरेका हुन् । महासेठ प्रभावशाली मन्त्री बनेकोमा नेता कार्यकर्ताहरू उत्साहित देखिएका थिए । महासेठको स्वागत […]

काठमाडौं । जनमत पार्टी, तराई-मधेश लोकतान्त्रिक पार्टी र जनता प्रगतिशील पार्टीबीच सहकार्यको सहमति भएको छ । जनमत पार्टीको केन्द्रीय कार्यालय काठमाडौंमा आइतबार तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, जनता प्रगतिशीलका अध्यक्ष हृदयेश त्रिपाठी र जनमत पार्टीका अध्यक्ष सीके राउतले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा नेपालको संविधान रक्षाको लागि समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, […]