न्यूजमधेश डेस्क काठमाडौं,१५ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सीट बाँडफाँटमा असन्तुष्ट बनेको जनता समाजवादी पार्टीले उम्मदेवार छनौटका लागि बैठक बोलाएको छ । दुवैतिरका उम्मेदवारको तय गर्न आज जसपा कार्यकारिणी समितिको बैठक बस्न लागेको प्रवक्ता मनिस कुमार सुमनले जानकारी दिए । बैठकस्थल भने गोप्य राखिएको छ । जसपाको आजकै बैठकले मुख्य उम्मेदवारहरुको टुंगो लगाउने […]
न्यूजमधेश डेस्क काठमाडौं,१५ असोज। बडादशैंको छैठौं दिन नवदुर्गामध्येकी कात्यायनी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा आराधना गर्न लागिएको हो। पुराणअनुसार कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु […]
न्यूजमधेश डेस्क सिरहा,१४ असोज। सिराहामा दसैंको मुखमा नक्कली नोटको बिगबिगी बढेको पाइएको छ । सिरहाको सबैजसो बैंकहरूमा हजार र पाँच सय दरको नक्कली नोट दिनहुँ जसो भेट्ने गरेको पाइएको हो । सिरहा प्रहरीले बिहीबार नक्कली नोटसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । कल्याणपुर नगरपालिका- ११ बजारबाट एक हजार दरको ५ थान नक्कली नोटसहित सोही नगरपालिका […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१४ असोज।सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापटीमा आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता–४ ललापटी बस्ने ५० वर्षका नारायण यादव रहेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए । घरदेखि टाढा गाउँकै खेतबारीमा कृषि मिटरद्वारा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । […]
न्यूजमधेश डेस्क काठमाडौं,१४ असोज । पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरुको दोहन हुँदासमेत राज्य संयन्त्र मौन रहेको भन्दै दुःखेसो गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित १५३ औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रकृति दोहनका कारण हिमालको हिउँ आवश्यक भन्दा धेरै पग्लिरहेको र यसले विभिन्न समस्या […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१४ असोज।जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय सदस्य सुरेन्द्र कुमार मण्डल जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। शुक्रबार जनकपुरधामस्थित रहेको पार्टीको केन्द्रीय सचिवालयमा एक कार्यक्रम बिच जसपाका केन्द्रिय सदस्य सुरेन्द्र कुमार मण्डल र नेता सुरेश कुमार साहले जनमत पार्टीमा प्रवेश गरेका हुन। उहाँ दुबै जनालाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र अबिर […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१३ असोज । दसैँ सुरु भएसँगै धनुषामा खसीबोकाको व्यापार बढेको छ । पशु हाटका लागि प्रख्यात धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पर्ने सखुवा बजारमा अहिले दसैैँका लागि खसीबोका किन्ने र बेच्नेको अत्यधिक भीड लागेको छ । किसानले टाढाटाढाको गाउँबाट खसीबोका बिक्रीका लागि बजारमा ल्याउन थालेका छन् । वर्षभरि पालेको खसीबोका बेचेरै किसानले दसैँ, तिहारजस्ता मुख्य […]
न्यूजमधेश डेस्क काठमाडौं ,१३ असोज।सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा करिब सहमति जुटेको छ । बुधबार अबेरसम्म बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भागबण्डामा करिब करिब सहमति जुटाएको हो । सहमतिअनुसार जसपाले सुनसरी १, सप्तरी, १, सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २, बारा ३, पर्सा १ र २, काठमाडौं ७, […]