२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

निहारिका बलात्कार प्रकरणः डिएनए परीक्षण गर्न आरोपित अदालतमा

न्यूजमधेश डेस्क काठमाडौं,२४ भदौ। प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन्। बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट रु एक हजार धरौटीमा रिहा भएलगत्तै श्रेष्ठ बिहीबार उच्च अदालत पुगेका हुन्। उच्च अदालत जनकपुरले निहारिका राजपुतको मागबमोजिम नै उनीबाट जन्म भएको बालक र आरोपित श्रेष्ठको डिएनए परीक्षणको आदेश दिएको थियो। निहारिकाको मागबमोजिम अदालतले दुवैको डिएनए परीक्षण […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२३ भाद्र । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीबाट एक जनाको १ लाख ८० हजार रुपैयाँ लुटेर भागेका दुई युवकलाई धनुषा प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका ६ निकालका २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नम्वर ४ का २३ वर्षीय सरोज दास छन् । सपहीस्थित मेगा बैंकबाट […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२३ भाद्र।मधेश प्रदेश सरकारले वीरगञ्जमा मधेश विश्वविद्यालय स्थापना गरिएको छ। बुधबार मधेश प्रदेश सरकारको अगुवाइमा वीरगञ्जमा भव्‍य कार्यक्रमको आयोजना गरेर मधेश विश्वविद्यालय स्थापना भएको हो । विश्वविद्यालयको उपकुलपतिमा वीरगञ्ज पब्लिक क्‍याम्पसका सञ्चालक प्राध्यापक डाक्टर दिपक शाक्यलाई नियुक्त गरिएको छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री उपेन्द्र यादवले बुधवार विश्वविद्यालयको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२३ भाद्र। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा र निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरिरहँदा सरकारले एकै दिन झन्डै ८ सय कर्मचारीको सरुवा गरेको छ । सरकारले विभिन्न मन्त्रालय र निकायमा हतारहतारमा कर्मचारी सरुवालाई जारी राखेको छ । यही ४ मंसिरमा तय गरिएको निर्वाचनको तयारीमा निर्वाचन आयोग जुटिसकेको छ । […]

न्यूजमधेश डेस्क दाङ,२२ भाद्र । जिल्लाको शान्तिनगर गाउँपालिका–३ स्थित वीपी कोइराला माध्यामिक विद्यालय पातेटाकुराका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरी घाइते बनाएका छन् । विद्यालयका शिक्षक उदयराज भण्डारीले कक्षा ९ मा अध्यनरत १५ वर्षका छात्र सुशील बुढाथोकीलाई निर्घात कुटपिट गर्दा उनको दाहिने हातका‍े औ‌ला नै भाँचिएकाे छ । कुटपिटबाट शरीरमा निलडाम परेको र दुवै हात […]

न्यूजमधेश डेस्क कमला,२२ भाद्र।धनुषाको जनकनन्दिनी गाउँपालिका -४ खजुरीका वडाध्यक्ष दिलिप कुमार यादवलाई पितृ शोक परेको छ। ७० वर्षीय बुवा जितनारायण यादवको निधन भएसगैं वडाध्यक्ष यादवलाई पितृ शोक परेको हो। वडाध्यक्ष यादवको बुवाको बुधबार बिहान करिब २ बजे उहाँको आफ्नै निवास खजुरीमा निधन भएको थिए। उनि महाबिर स्पोर्ट क्लब खजुरीका संस्थापक सदस्यसमेत रहेका थिए।उनलाई नेपाल कांग्रेससहित […]

सुरेन्द्र कामती सिरहा,२२ भाद्र।सिराहा र धनुषाको दक्षिणी क्षेत्रलाई जोड्ने कमला नदीमा नेपालकै दोस्रो लामो झुलुंगे पुल निर्माण सुरु भएको छ। सिराहा नगरपालिका– १३ मल्हनियादेखि धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठाल जोड्ने गरी कमला नदीमा करिब एक हजार ५०१ मिटर (१५००.४४ मिटर) लम्बाइको झुलुंगे पुल निर्माण सुरु भएको हो। सपना-उमा एन्ड कं.थानी जे.भी बतीसपुतलीले भ्याटबाहेक २१ करोड […]

न्यूजमधेश डेस्क काठमाडौं,२२ भाद्र । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ । सन्दीपविरुद्ध एक किशोरीले मंगलबार बलात्कारको उजुरी दिएपछि क्यानले सन्दीपलाई निलम्बन गर्ने तयारी गरेको हो । क्यानका एक उच्च अधिकारीले प्रहरी अनुसन्धानमा सहयोग गर्न र अन्तर्राष्ट्रिय अभ्यास पनि त्यही प्रकारको भएका कारण निलम्बन गर्न लागिएको […]