न्यूजमधेश डेस्क जनकपुरधाम,१८ भाद्र । आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अरगरिया उम्मेदवार सिफारिस भएका छन् । लोसपा धनुषा क्षेत्र नं. २ को क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्यका लागि अरगरियाको एकल नाम सिफारिस गरेको हो । ०७४ मा अरगरिया […]
न्यूजमधेश डेस्क सिरहा,१८ भाद्र । सिरहामामा पानी तान्ने विद्युतीय मोटरमा करेन्ट लागेर एक हप्ताभित्र तीन जनाको मृत्यु भएको छ । बिहीबार इनारभित्रै करेन्ट लागेर बुबा–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका–६ ग्रामीण बजार बस्न ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय अमर रहेको प्रहरीले जनाएको छ । पानी तान्ने मोटरमा खराबी […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१७ भाद्र।सप्तरीको बलान बिहुल गाउँपालिकाको चन्हीमा विद्यालयको नयाँ भवन शिलान्यास गरिएको छ।गाउँपालिका वडा नं.२ चन्हीमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयको नयाँ भवनको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले शिलान्यास गरेका हुन। अध्यक्ष यादवले पालिकामा शैक्षिक स्तर उकास्न आफु प्रतिवद्व रहेको बताए । उनले विद्यालय शिक्षाको मन्दिर रहेको विकासका लागि सबै दल एक हुनुपर्ने बताए । एक […]
न्यूजमधेश डेस्क रौतहट,१४ भाद्र।रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर एकै पटक तीन महिलाको ज्यान गएपछी सिङ्गो गाउँनै शोकमा डुबेको छ। जिल्लाको मध्यभाग गरुडा नगरपालिका– ३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो । चट्याङ लागेर मृत्यु हुनेहरूमा मलाही गाउँकै ३९ वर्षिया सुदनिया देवि, ७० […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ भाद्र। मिथिला क्षेत्रमा अत्यन्तै श्रद्धा र विधिपूर्वक चौरचन (चौरचण्ठ) पर्व आज मनाइँदैछ । भदौ शुक्लपक्ष चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेशी र थारु समुदायले बिशेष महत्वका साथ उक्त पर्व मनाउने गर्दछन् । यस वर्ष तिथि फरक भएपनि हरितालिका तीज र चौठचन पर्व आज एकै दिन परेको छ । सो पर्वका दिन […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ भाद्र। सामाजिक सञ्जाल टिकटकलाई बन्द गर्नुपर्ने माग राख्दै मधेशका तिन जिल्लामा प्रदर्शन गरिएको छ । प्रदेशको राजधानी धनुषाको जनकपुरधाम ,महोत्तरी र सिरहामा युवाले प्रदर्शन गरेका छन् । टिकटकले आफ्नो संस्कृति बिग्रिरहेको, अश्लिलता प्रदर्शन भइरहेको भन्दै युवाहरुले संघष समिति बनाएर प्रदर्शन गरेका हुन् । ‘टिकटक बन्द गर्नुपर्ने, टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कार्वाही […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१४ भाद्र । आगाी प्रतिनिसभा निर्वाचनका लाथि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको नाम बाराबाट सिफारिस भएको छ । उनको नाब बारा क्षेत्र नम्बर २ बाट सिफारिस भएको हो । यादव यसअघि ०७४ निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर त्यहाँबाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१३ भाद्र। धनुषाको कमला नगरपालिकामा विद्यालयमा शौचालयको व्यवस्थापन नहुदा विद्यार्थीहरु वरण्डाबाटै पिशाव फेर्न वाध्य भएको दृश्य देख्न पाइएको छ । नगरपािलकाको वाड नं. ४ सघारास्थित रहेको राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीहरु बरण्डा र चौरमा दौडधुप गरिरहेको थिए। आइतबार १२ बजे सम्म कक्षामा शिक्षक पुगेका थिएन । कक्षा २ मा अध्यनरत रहेको एक विद्यार्थीले विद्यालयको […]