०३ माघ २०८२, शनिबार
17-01-2026 , Sat
×

मालपोत कार्यालयका प्रमुख ५ लाख रुपैयाँ घुस लिंदै गर्दा रंगेहात पक्राउ

न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ चैत्र। धनुषा मालपोत कार्यलयका प्रमुख सुनिल झा ५ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले कार्यालय प्रमुख झालाई जनकपुरधामको भानु चोकबाट सोमबार बिहान पक्रेको हो । सेवाग्राहीसँग घुस वापत रकम लिँदै गरेका उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका निमित्त […]

न्यूजमधेश डेस्क काठमाडौं ,२८ चैत्र। स्थानीय र पश्चिमी वायुको प्रभावका कारण आज पहाडी भू-भागका केही स्थान हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमवार बिहान पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागको मौसम सामान्यतः सफा रहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही एक-दुई स्थानमा क्षणिक […]

न्यूजमधेश डेस्क काठमाडौं,२६ चैत्र । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकाङ्क्षी बनेका छन् । तर निर्वाचन खर्चिलो हुने डरले उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा अझै अन्योल देखिन्छ । पालिकामा उपप्रमुख पदको जिम्मेवारी सम्हालिरहेका महिलाहरू प्रमुख पदका आकाङ्क्षी बनेका छन् भने वडा सदस्यहरू अब वडाध्यक्षका लागि जिकिर […]

न्यूजमधेश डेस्क काठमाडौं,२६ चैत्र। वैशाख ३० गते हुने पालिका चुनावको आजदेखि आचारसंहिता लागू भएको छ । आचारसंहिता, प्रधानमन्त्री, मन्त्री, सबै राष्ट्रसेवक कर्मचारी, संवैधानिक निकाय, सबै सुरक्षा निकाय, प्रदेश सरकार र स्थानीय सरकारका जनप्रतिनिधि, सबै सङ्घसंस्था तथा नागरिकले समेत पालना गर्नुपर्नेछ । आचारसंहिताअनुसार प्रधानमन्त्री, मन्त्री तथा सार्वजनिक निकायमा रहेका पदाधिकारीले सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल […]

न्यूजमधेश डेस्क काठमाडौँ ,२६ चैत्र । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई केन्द्रीय कमिटी सदस्य बनाएको महिना नबित्दै परिवारका अर्का एक सदस्यलाई राज्यको महत्त्वपूर्ण जिम्मेवारी दिलाएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यको कोटामा अध्यक्ष दाहालले भाइ नारायणप्रसाद दाहाललाई पठाएका छन् । पुसमा आयोजित पार्टी […]

न्यूजमधेश डेस्क काठमाडौँ ,२५ चैत्र।सरकारले चीनका लागि नेपाली राजदूतमा अर्कै व्यक्तिलाई सिफारिस गरेपछि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा एक्सनमा उत्रिएका छन् । सापकोटाले आफ्नो छोरा रुपक सापकोटालाई चीनका लागि नेपाली राजदूत बनाउन चर्को दवाव दिएका थिए । मिडियाहरुले लामो समयदेखि समाचार लेखेर खबरदारी गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई रोकेका हुन् । आफ्नो छोरालाई नियुक्ती नगरेपछि […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ चैत्र। मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत राखेपछि स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्। प्रादेशिक अस्पताललाई प्रतिष्ठानमा गाभेर सञ्चालनमा ल्याउने प्रदेश सरकारको निर्णयविरुद्ध स्वास्थ्यकर्मी, प्रादेशिक अस्पतालका कर्मचारी र नर्सिङ कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। प्रतिष्ठानबाट अस्पताललाई अलग्गै राख्नुपर्ने माग गर्दै शुक्रबार स्वास्थ्यकर्मी, कर्मचारी तथा विद्यार्थी प्रदेश सरकारविरुद्ध प्रदर्शन गरे। […]

न्यूजमधेश डेस्क सर्लाही ,२५ चैत्र। जिल्ला प्रहरी कार्यालय सर्लाहीले बालक अपहरण गरी बन्धक बनाई कर्तव्य गरी मारेको घटनामा संलग्न सात जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । यही चैत २० गते राति जिल्लाको मलङ्गवा नगरपालिका–१२ गम्हरियाका दीपेन्द्र ठाकुरका छोरा अन्दाजी ८ वर्षका आकाश ठाकुरलाई अपहरण गरी बन्धक बनाई कर्तव्य गरी मारेको घटनामा संलग्न रहेका […]