०४ माघ २०८२, आइतबार
18-01-2026 , Sun
×

कंकालिनी भगवती मन्दिरमा सात सय ४४ राँगा बलि

अरुण कुमार यादव राजविराज, २९ असोज । बडादशैँको महानवमीका दिन सप्तरीको भारदहस्थित कंंकालिनी भगवती मन्दिरमा सात सय ४४ वटा राँगाको बलि चढाइएको छ । पुर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदह गाउँमा अवस्थित नेपालकै प्रसिद्ध कंकालिनी भगवती शक्तिपीठमा महानमवीका दिन बिहीबार सात सय ४४ राँगाको बलि प्रदान गरिएको मन्दिर विकास समितिले […]

न्यूजमधेश डेस्क काठमाडौं,२९ असोज । सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०ः०२ बजेको साइतमा टीका ग्रहण गर्नुभएको छ । बडादशैँ मनाउन गृहनगर पुग्नुभएका प्रथम राष्ट्रपति यादवले नेपाल र नेपालीको सुख, शान्तिको कामना गर्दै दुर्गा भवानीको पूजा आराधना पनि गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । यसैगरी पूर्वराजा […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ असोज । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणाको हातबाट टीका ग्रहण गरेका छन् । पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुक्रबार बिहान १०स्०२ बजेको शुभ साइतमै प्रधानमन्त्री देउवाले परिवारका सदस्यहरूलाई टीका लगाइदिएका छन् । उनले पन्ती आरजु, छोरा जयवीर तथा भतिजहरू भानु र प्रकाशलाई टीका लगाइदिएका थिए भने आफूले […]

न्यूजमधेश डेस्क बेरुत ,२९ असोज। बन्दुकधारीको आक्रमणबाट लेबनानमा कम्तिमा ६ जनाको मृत्यु भएको छ। अन्य ३२ जना घाइते भएका छन्। सन् २०२० को अगस्टमा बेरुतस्थित एक बन्दरगाहमा भएको विष्फोटको जाँचको विषयलाई लिएर भएको प्रर्दशनमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। बन्दरगाह विस्फोटनमा गरिएको जाँचमा उग्र राजनैतिक विवाद भएपछि पछिल्लो समय बेरुत थप अशान्त बनेको छ। […]

न्यूजमधेश डेस्क काठमाडौं,२९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको हो । त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २८ असोज । तराई / मधेशका गाउँगाउँमा अहिले झिझिया नृत्यको रौनक छाएको छ । दसैँ सुरु हुनुलगत्तै मधेशका गाउँगाउँमा झिझिया नाचिन्छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मधेशमा आफ्नै महत्व छ । दसैँमा देवी स्तुतिका रूपमा झिझिया नृत्य गरिन्छ । बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको […]

न्यूजमधेश डेस्क पर्सा ,२८ असोज । पर्सामा भारतीय नम्बर प्लेटको ग्याँस बुलेटबाट एक सय २० किलो गाँजा बरामद भएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ आईसीपी गेट अगाडि रोकी राखेको भारतीय नम्बर प्लेटको एलपी ग्याँस बोकेको बुलेट​बाट एक सय २० किलो गाँजा बरामद गरेको हो । बुलेटको चालक बस्ने क्याबिन भित्र लुकाएर राखेको अवस्थामा गाँजा बरामद […]

न्यूजमधेश डेस्क कञ्चनपुर,२८ असोज । कञ्चनपुरको भिमदत्त नगरपालिका–४ भाँसी बस्ने भुवन साँउदको घरमा तास खेलिरहेको अवस्थामा ९ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुबाट नगद २ लाख ९८ हजार १ सय […]