०४ माघ २०८२, आइतबार
18-01-2026 , Sun
×

सबै नागरिकको सम्मानजनक सहभागिता आवश्यक : अध्यक्ष यादव

न्यूजमधेश डेस्क सुनसरी ,३१ असोज। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै नागरिकको राज्यमा सम्मानजनक सहभागिता नभएसम्म देश समृद्ध हुन नसक्ने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आइतबार अयोजना गरिएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले नेपाल विश्वकै धेरै मुलुकमध्येको सुन्दर मुलुक भएकाले यहाँको स्रोतलाई उपयोग गरेर दाता देश बन्नसक्ने जिकिर गर्नुभयो । […]

न्यूजमधेश डेस्क सुनसरी ,३१ असोज। सरकारले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका मोहम्मद हकीम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा भएको मृत्यु प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाएको छ । गृह मन्त्रालयमा आज मुस्लिम समुदायसँगसम्बन्धित सङ्घ संस्थाका प्रतिनिधिले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री खाँणले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो काम रहेको बताउनुभयो । उहाँले सामाजिक सद्भाव […]

न्यूजमधेश डेस्क काठमाडौं,३१ असोज। रक्षामन्त्री डा मीनेन्द्र रिजालले सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्नुभएको छ । प्रधान सेनापति प्रभुराम शर्माले उहाँलाई स्वागत गर्दै नेपाली सेनालाई सरकारबाट प्राप्त भइरहेको निर्देशन तथा सहयोगका लागि आभार व्यक्त गर्नुभयो । सो अवसरमा रक्षामन्त्री रिजालले नेपाली सेनाले विपद् व्यवस्थापन र कोभिड–१९ महामारी विरुद्धको प्रतिकार्य तथा विश्व शान्ति स्थापनार्थ निर्वाह […]

न्यूजमधेश डेस्क काठमाडौं ,३१ असोज। नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दम बढेपछि वैद्यलाई शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । ‘उहाँलाई घरमै अक्सिजन दिएर उपचार गरिँदै आएको थियो । दम बढेपछि अस्पताल भर्ना गरिएको हो,’ परिवारका एक सदस्यले भने, ‘उहाँको इमर्जेन्सी वार्डमा उपचार भइरहेको […]

न्यूजमधेश डेस्क राजविराज,३० असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकास्थित मिलनचौकमा आज मोटरसाइकललाई बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सप्तरीको बलान बिहुल गाउँपालिका–६ रौतहटका ४० वर्षीय प्रमोद मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा […]

न्यूजमधेश डेस्क सिरहा,३० असोज।सिराहामा एक युवकको शव इनारमा फेला परेको छ। सिराहाको नरहा गाउँपालिका- ३ नयाँ चोक चोइवामा एक जना युवकको शव इनारमा फेला परेको हो। मृतक गोलव.बजार नगरपालिका– ८ का १८ वर्षीय शत्रुधन महतो रहेको प्रहरीले जनाएको छ। गएराति नयाँ चोक चोइवामा नाच हेर्न घरबाट निस्केका महतोको शव इनारमा फेला परेको हो। नाच हेरेर […]

न्यूजमधेश डेस्क काठमाडौं,३० असोज । बेलायतमा एक सांसदको हत्या भएको छ । आफ्नो निर्वाचन क्षेत्र एसेक्समा गएका बेला कन्जरभेटिभ पार्टीका सांसद सर डेबिड एमेसमाथि चक्कु आक्रमण भएको हो । ली अन सी मा रहेको चर्चमा उहाँमाथि चक्कु आक्रमण भएको हो । हत्या अभियोगमा २५ वर्षका व्यक्तिलाई पक्राउ गरिएको बीबीसीले उल्लेख गरेको छ । प्रहरीले आक्रमणमा […]

न्यूजमधेश डेस्क सघारा ,३० असोज । धनुषाको कमला नगरपालिका ४ सघाराका दुर्गा पुजा समितिले आयोजना गरेको झिझिया नृत्य  प्रतियोगिता सम्पन्न भएको छ । दुर्गा पुजा समिति सघाराका अध्यक्ष राम जुलुम गोइतको अध्यक्षतामा भएको झिझिया प्रतियोगितामा २ वटा टिमले सहभागिता जनाएको थिए । सो प्रतियोगितामा सघारा महरा टोलको टिम र भलुवाहा मुसहरीको झिझिया टिम रहेको थियो […]