न्यूजमधेश डेस्क जनकपुरधाम ,३ असोज । डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषासहित मधेशभरी संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ । जनमत पार्टीले विभिन्न कार्यक्रमको आयोजना गरि आज असोज ३ गते संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको हो । जनमत पार्टी कमला नगरपालिकाका नगर कार्यसमितिले श्रद्धाञ्जली कार्यक्रम गरि कालो दिवस मनाएको छ ।भने सहिद […]
न्यूजमधेश डेस्क जलेश्वर ,३ असोज ।महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरमा पूजाको विषयलाई लिएर आज दिउँसो दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका–२ तरहारी गाउँका ५० वर्षीय रामप्रसाद यादव रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो । सुन्दरपुरका ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने बताएका छन्। शनिबार जनकपुरमा माओवादी केन्द्र प्रदेश नम्बर २ को प्रशिक्षण कार्यक्रमको समापनपछि आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसीभन्दा गठबन्धन महत्वपूर्ण रहेको बताए। ‘प्रतिगामी शक्तिले रोक्न खोज्दा खोज्दै बनेको गठबन्धन संविधानको रक्षा, राष्ट्रको रक्षाका लागि बनेकाले ढुक्क भएर बस्नुस्। […]
न्यूजमधेश डेस्क काठमाडौं ,२ असोज। राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न आठ कैदीबन्दीको सजाय माफी दिनुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले पूर्णबहादुर भनिने किशोर भण्डारीसमेतका आठ जनाको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय माफी गर्नुभएको हो । त्यस्तै […]
न्यूजमधेश डेस्क काठमाडौं ,२ असोज। नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु अध्यक्षको जिम्मेवारी सुनिता बराललाई दिइएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीलाई पुनःगठन गर्दै बराललाई अध्यक्षमा निर्वाचित गरेको हो । निवर्तमान अध्यक्ष ऐन महरले बैठकमा राजीनामा दिएपछि बरालको अध्यक्षतामा ४०६ सदस्यीय केन्द्रीय कमिटी पुनःगठन गरेको सचिवालय सदस्य नारायण घर्तीले […]
न्यूजमधेश डेस्क सिरहा ,२ असोज । पूर्वपश्चिम राजमार्ग सिरहाको जिरोमाइलमा आज विङ्गर गाडीले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जिरोमाइल बजारबाट पश्चिमतर्फ जाँदै गरेको ना१ज ७४१७ नंको विङ्गरले प्र२–००३–०१४प ८४३५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा धनगढीमाई नगरपालिका कशहा निवासी २४ वर्षीय सुरेश महतो भनिने अमृत महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले […]
न्यूजमधेश डेस्क महोत्तरी ,२ असोज। नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले लोकतन्त्रको सुदृढीकरणका लागि स्थानीय तह सवल र सक्षम हुनपर्ने बताउनुभएको छ । आज साँझ महोत्तरीको बर्दिवास नगरपालिका कार्यालय प्रयोजनको प्रशासनिक भवनको शिलान्यास गर्दै महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका पोखरेलले सो कुरा बताउनुभएको हो । “लोकतन्त्रको आधारभूत तह भनेकै स्थानीय तह र यस […]
न्यूजमधेश डेस्क विराटनगर ,२ असोज ।डा सीके राउत नेतृत्वको जनमत पार्टीमा ५ जना पार्टी प्रवेश गर्नुभएको छ। शनिबार मोरङ जिल्ला जहदा गाउँपालिका वडा नम्बर २ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा ५ सय जना प्रवेश गर्नुभएको छ। सो कार्यक्रममा जनमत पार्टी मोरङका अध्यक्ष बुद्धि माझी ,कोषाध्यक्ष धिरेन्द्र यादव र जिल्ला […]