०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

अभियान्ता सरोज रायको पहलमा तीन बालकको भारतबाट उद्धार

न्यूजमधेश डेस्क सिरहा ,६ भाद्र । लामो समयदेखि भारतको दरभङ्गास्थित बालगृहमा रहेका तीन बालकको उद्धार गरिएको छ । सामाजिक अभियान्ता सरोज रायका पहलमा सिरहाका दुई र महोत्तरीका एक बालकलाई स्वेश ल्याइएको हो । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका अमरलाल दास, लहान नगरपालिकाका महादेव पासवान र महोत्तरीको सुगा भन्ने गाउँका सत्यमलाल झाको उद्धार गरिएकोे उहाँले बताउनुभयो । […]

न्यूजमधेश डेस्क सिरहा ,६ भाद्र । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार पाँच जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागुऔषध मुद्दामा आठ वर्ष कैद र रु तीन लाख १५ हजार जरिवाना सजाय तोकिएका सखुवानान्कारकट्टी गाउँपालिका–४ का २८ वर्षीय देवकुमार यादव र बहुविवाह मुद्दामा ११ महिना १५ दिन कैद र […]

लक्ष्मी साह बारा ,६ भाद्र । ५० हजार रुपैयाँ ऋण चुक्ता गर्न ७ वर्षमा साँवा ब्याजसहित ८ लाख रुपैयाँ पुग्छ भन्दा अचम्म लाग्न सक्छ । तर बारा सिम्रौनगढ नगरपालिका–१० देवापुरटेटाकी ५० वर्षीया निलादेवी ठाकुर लोहारसँग साहु विन्दालाल यादवले चर्को ब्याज मागेका हुन् । निला भने आफू मिटर ब्याजीको फन्दामा परेको भन्दै प्रहरीकोमा पुगेपछि घटना बाहिर आएको छ । […]

मिथिलेश यादव लहान , ६ भदौ । सिरहाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले आफु चढ्ने जीप चालकलाई दश लाख उपचार खर्च दिन आदेश गरेको खुलेको छ। केसी चढ्ने जिपका चालक गोलबजार नगरपालिका–७ पुरानो चोहर्वाका विक्रम श्रेष्ठलाई दश लाख उपचार खर्च दिन लेखा अधिकृतलाई आदेश दिएका हुन। चालक श्रेष्ठ अधिकृत केसीका नातेदार हुन्। गोलबजार […]

न्यूजमधेश डेस्क महोत्तरी, ६ भदौ । महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘राखी’ पर्व मनाइँदै छ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यस पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो । पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मिथिला नै आज राखीमय देखिँदो छ । आज एकाबिहानैदेखि […]

न्यूजमधेश डेस्क काठमाडौं,४ भाद्र । यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो । विभागले मंगलवार ट्रायल खुलाउन सीसीएमसीमा सिफारिश गरेको थियो । सिफारिसपछि विभागका महानिर्देशक नमराज घिमिरे र सीसीएमसीका पदाधिकारीबीच भएको […]

न्यूजमधेश डेस्क काठमाडौं ,३ भाद्र । नायिका अदिती वुढाथोकी सामाजिक संजाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स कमाएकी कलाकार हुन् । अदितीलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या १६ लाख भन्दा धेरै छ । सामाजिक संजालमा उनले पोष्ट गर्ने तस्वीरमा हजारौं लाइक र कमेन्ट आउने गरेका छन् । उनै, अदिती आफ्ना बोल्ड तस्वीरहरु सामाजिक संजालमा पोष्ट गर्न माहिर छिन् […]

न्यूजमधेश डेस्क काठमाडौं ,३ भाद्र । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको नभई केही मानिस मात्र अलग भएको बताएका छन् । यसले एकाध ठाउँमा असर गरे पनि अपूरणीय क्षति नहुने उनले बताए । बिहीबार नेपाल न्यूज एजेन्सीसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, ‘एकाध ठाउँ भत्काउने, इँटा खुस्काउने गर्न सक्लान् । तर […]