न्यूजमधेश डेस्क काठमाडौं,३० असार। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको कार्यालयबाट बाहिरिएका छन्। उनी आफ्नै निजी निवास बालकोट जान लागेका हुन्। ओलीलाई भव्य तयारीका साथ बालुवाटारदेखि बालकोटसम्म लैजाने तयारी भएको छ। ओलीलाई भव्य तयारीका साथ हजारौं नेता कार्यकर्ताको स्कटिङ्ग र स्वागतको कार्यक्रम छ। उनलाई भक्तपुरको कौशलटारदेखि आली निवास बालकोटसम्म नागरिक अभिनन्दनसहित प्रस्थान गराउने कार्यक्रम रहेको […]
न्यूजमधेश डेस्क काठमाडौं ,३० असार ।नेपाली काग्रेसका नेता विजयकुमार गच्छदार अदालतमा हाजिर भएका छन् । ललिता निवास जग्गा प्रकरणको भ्रष्टाचारको मुद्दा लागेका गच्छदार आज अदालतमा हाजिर भएका हुन्। यसअघि कागजी रूपमा फरार रहेका गच्छेदार बुधबार अदालतमा हाजिर भएका हुन्। आजबाट अदालतमा उनको प्रारम्भिक बयान हुनेछ। त्यसपछि थुनछेक बहस सुरु हुने बताइएको छ । यसअघि अदालतले […]
न्यूजमधे डेस्क काठमाडौं,३० असार। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्याण्डी बेरीले बधाई दिएका छन्। राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्। राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन देउवासँग मिलेर काम गर्ने आशा गरेको उल्लेख गरेका छन्। […]
न्यूजमधेश डेस्क काठमाडौं,३० असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र माओवादीका दुईदुई नेतालाई सरकारमा सहभागी गराएका छन्। प्रधानमन्त्रीमा सपथग्रहणलगत्तै मन्त्रिपरिषद् गठन गर्दै देउवाले बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा सहभागी गराएका हुन्। देउवाले आफ्ना विश्वासपात्रद्वय खाँण र कार्कीलाई क्रमशः गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन्। त्यस्तै माओवादी केन्द्रका […]
न्यूजमधेश डेस्क काठमाडौं,२९ असार । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध पाँच विद्यार्थी संगठनले भोलि (असार ३० गते) देखि देशभरका पेट्रोल पम्प तथा ढुवानीका ट्यांकरहरू बन्द गर्ने घोषणा गरेका छन्। यसअघि असार २४ गते विद्यार्थी संगठनले मूल वृद्धि फिर्ता लिन चेतावनीसहित नेपाल आयल निगमको ध्यानाकर्षण गराएका थिए। त्यसो नभएपछि आन्दोलनरत विद्यार्थी संगठनहरूले आन्दोलनकै कार्यक्रम अन्तर्गत पेट्रोल […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले घेराबन्दी र असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिका लागि वर्तमान सरकारले काम गरेको जनाउनुभएको छ । नयाँ प्रधानमन्त्रीले शपथ लिने तयारी भएका बेला आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग नगर्ने, आफ्नैभित्रबाट समेत भएका उपलब्धिको चर्चा नगर्ने र नकारात्मक टिप्पणी मात्रै गर्ने प्रवृत्तिका […]
न्यूजमधेश डेस्क काठमाडौं ,२९ असार । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतको फैसलाप्रति तीव्र असन्तुष्टि जनाएका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुका साथै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको भोलिपल्ट ओलीले फैसलाको आलोचना गरे । सिंहदरबार छाड्नुअघि टेलिभिजन सम्बोधन गर्दै ओलीले सर्वोच्च अदालतले संविधान […]
न्यूजमधेश डेस्क काठमाडौं ,२९ असार । नेकपा एमालेले सर्वोच्च अदालतको आदेश लोकतन्त्रका आधारभूत संरचनालाई खलबल्याउने किसिमको भएको निष्कर्ष निकालेको छ। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश आएपछि बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उक्त आदेश शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको निष्कर्ष निकालेको हो। प्रवक्ता प्रदीप ज्ञवालीले आदेश राज्यका तीनवटै अंगहरूबीच सन्तुलन र समन्वयको स्थितिलाई बिथोल्ने किसिमको […]