न्यूजमधेश डेस्क जनकपुरधाम,१४ असार। धनुषाको कमला नगरपालिका वडा नम्बर १ मा एक युवक रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको छ। सोही ठाउँका राम सागर शर्माको छोरा अन्दाजी १८ वर्षका मनोज कुमार शर्मा रहेको स्थानीयले बताए। घर नजिकैको रुखमा घाटिमा डोरी लगाई झुन्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी पुगेर घटनाबारे अनुसन्धान गरिरहेको […]
न्यूजमधेश डेस्क महोत्तरी ,१४ असार । वनक्षेत्र नजिकको महोत्तरीको गौशाला नगरक्षेत्रमा जङ्गली हात्तीको आतङ्क बढ्दो छ । पछिल्लो पटक आइतबार गौशाला–१० को मरहा खोला छेउको बडहर्वा बस्तीका सात वटा घर जङ्गली हात्तीले भत्काएको छ । यो गौशालामा एक महिनाभित्रै हात्ती आतङ्कको दोस्रो घटना हो । आइतबार एउटै जङ्गली हात्तीले बडहर्वा बस्तीका केशवबहादुर सिञ्जाली, मानबहादुर विश्वकर्मा, […]
न्यूजमधेश डेस्क महोत्तरी ,१३ असार । महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा गाउँमा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । परिवारजनले गत जेठ २० गते बिहान घरबाट हराएको भनिएको स्थानीय मुकेश ठाकुरकी पत्नी सुजिता ठाकुरको शव हत्या गरी गाडिएको अवस्थामा आज फेला परेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ असार । प्रदेश नं २ मा चालु आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र पूँजीगत खर्च भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा पर्याप्त खर्च हुन नसकेको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले कुल रु १९ अर्ब १९ करोड ८ लाख १८ हजार पूँजीगत बजेट […]
न्यूजमधेश डेस्क काठमाडौं ,१३ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठले आज मन्त्रालयमा पदबहाली गर्नुभएको छ । मन्त्री श्रेष्ठले पद बहालीको क्रममा कपिलवस्तुस्थित प्राचीन तिलौराकोट पुरातात्विक क्षेत्रलाई संरक्षण गर्नका लागि प्राचिन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३ अनुसारको संरक्षित स्मारक क्षेत्र घोषणा गर्नका लागि प्रारम्भिक कार्य अगाडि बढाउन पुरातत्व विभागलाई निर्देशन दिने […]
कमल कुमार मण्डल राजविराज, १३ असार ।विभिन्न पार्टीका कार्यकर्ताहरुद्धारा जनमत पार्टीका कार्यक्रताहरु माथि हुदै आएको दमन, शोशनलाई अब हामीले सहन नसकिने पार्टीका केन्द्रिय सदस्य सुुरेन्द्र मधेशीले बताएका छन् । सप्तरीको राजविराज स्थित निर्माण व्यवसायी संघको हलमा शनिवार आयोजना गरिएको जिल्ला समन्वय समितिका पदाधिकारीको पदभार तथा शपथ ग्रहण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘विभिन्न […]
न्यूजमधेश डेस्क सप्तरी ,१३ असार । द्रूत गतिको एक ट्र्यान्करले शनिबार सप्तरीको पूर्व–पश्चिम राजमार्गस्थित सडकमा दुई किलोमिटरको दूरीमा दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित सितापुरमा भएको दुर्घटनामा रुपनी गाउँपालिका–३ कटैयाकी विष्णुदेव प्रमाणीकी छोरी ८ वर्षीया यसोदाकुमारी प्रमाणीको र चाँदनी चौकमा भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका–६ घोघनपुरका मो।अरन्जैबकी […]
न्यूजमधेश डेस्क काठमाडौं,१३ असार । दलितका नाममा विभेदको अन्त्यका लागि सामाजिक अभियान चलाइनुपर्नेमा अगुवाहरुले जोड दिनुभएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले जुम प्रविधिबाट आयोजना गरेको अन्वेषण यात्रा कार्यक्रमअन्तर्गत सामाजिक स्तरीकरण र यसको प्रभाव विषयक कार्यक्रमका सहभागीले सबै जात जातिबीच सामाजिक सद्भावको वातावरण बनाउने गरी काम गरिनुपर्नेमा जोड दिनुभएको हो । राष्ट्रिय दलित आयोगका संस्थापक […]