न्यूजमधेश डेस्क काठमाडौं ,११ असर । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज पनि बहस जारी रहनेछ । हिजो र अस्ती रिट निवेदकका तर्फबाट १३ जना वकिलहरुले बहस गरिसक्नुभएको छ । बहसको क्रममा संवैधानिक इजलास मुख्य रुपमा दुई वटा प्रश्नमा स्पष्ट हुन खोजेको छ । संविधानको धारा ७६ उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि आधार पेश […]
न्यूजमधेश डेस्क सप्तरी ,११ असार । निषेधाज्ञा खुकुलो भएसँगै बजारमा चहलपहल बढेपछि यहाँ क्रियाशील विभिन्न संस्थाका समन्वयमा राजविराजमा आज मास्क बैंक स्थापना गरिएको छ । इन्सेक, समग्र जनउत्थान केन्द्र, सहज परियोजना, ग्रीन नेपाल, महिला मानवअधिकार रक्षक सञ्जाल, एकल महिला समूह, कल्याण पोष्ट र कोरोना सहजीकरण सञ्जाल सप्तरीले मास्क बैंकको स्थापना गरेका हुन् । “हुनेले दिएर […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,११ असार । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि रु एक अर्ब ४७ करोड ३० लाख ८३ हजारको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको सातौंँ नगरसभामा उपप्रमुख रीताकुमारी झाले चालु खर्चतर्फ रु ९८ करोड २०लाख ६० हजार र पूँजीगततर्फ रु ४९ करोड ५० लाख २३ हजार विनियोजन गरिएको जानकारी दिनुभयो […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,११ असार । धनुषाको मिथिला नगरपालिकाको आठौं नगरसभाको क्रममा स्थानीयबासीले विरोध गरेका छन् । बिहिबार ढल्केवरमा नगरपालिकाको नगरसभा शुरु भएपछि स्थानीयबासीले आफ्ना माग सम्बोधन गराउन प्लेकार्ड र ब्यानरसहित नाराबाजी गर्दै कार्यक्रमस्थल पुगेका थिए । कार्यक्रमस्थल घेराउ भएपछि प्रमुख हरिनारायण महतो आवेशमा आउँदा स्थिति तनावग्रस्त भएको थियो । नेपाल सरकारले मिथिला नगरपालिकाको ढल्केवरलाई […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,११ असार । प्रदेश न. २ का मुख्यमन्त्री लालबाबु राउतको सिफारिशमा प्रदेश प्रमुख डा। राजेश झाबाट गरिएको मन्त्रिपरिषद् विस्तार समावेशी नभएको जिकिर गर्दै उच्च अदालत जनकपुरधाममा रिट दर्ता भएको छ । उच्च अदालत जनकपुरमा दायर भएको रिट निवेदनमा प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज […]
न्यूजमधेश डेस्क रौतहट ,१० असार । रौतहटको मौलापुर नगरपालिको नगरसभामा कुटाकुट भएको छ । पाचौँ नगरसभा चलिरहेका बेला दुई पक्षबीच हानाहान भएको हो । माओवादी छोडेर एमालेमा लागेका नेता प्रभु साह पक्ष र अन्य दलका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ । ठूलै झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ […]
न्यूजमधेश डेस्क सिरहा ,१० असार । सडक मर्मतमा बेवास्ता गरेको भन्दै स्थानीय युवकहरुले सिरहाको धनगढीमाई नगरपालिका– १२ स्थित हिलाम्मे सडकमा धान रोपाइँ गरेका छन् । पटकपटक जनप्रतिनिधिहरुलाई सडक मर्मतका लागि आग्रह गर्दासमेत मर्मत नगरिएको भन्दै युवाहरुले बुधबार साँझ साङ्केतिक विरोधस्वरूप सडकमै धान रोपाइँ गरेका हुन् । नगरप्रमुख हरिनारायण चौधरी र वडा नं १२ का वडाअध्यक्ष […]
न्यूजमधेश डेस्क काठमाडौं ,१० असार । वन लसुन टिप्न जङगलमा गएका बेला भीरबाट लडेर मृत्यु भएका गोरखाको चुमुनुब्री गाउँपालिका–३, पाङसिङका एक युवकको शव निकाल्न कठिनाइ भएको छ । बौद्ध हिमालको फेदीमा खोँचमा रहेको २४ वर्षका सुरेन्द्र गुरुङको शव चार दिनदेखि निकाल्न नसकिएको चुमनुब्री सेवा समाजका अध्यक्ष वीरबल घलेले जानकारी दिनुभयो । बुबा र भाइसँगै वन […]