न्यूजमधेश सम्बादाता बाँके ,२२ भदौ । जिल्लाको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएको जनाइएको छ । उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतक घलेलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो । यही भदौ १२ गते घलेको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जाँचका लागि […]
न्यूजमधेश सम्बादाता सर्लाही ,२२ भदौ । किसानले उखु बिक्री गरेबापत करिब रु २४ करोड अझै भुक्तानी नगरेको पाइएको छ । जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको छ । उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२२ भदौ।गैर आवासीय मधेशी संघ (NRMA) क़तारका अध्यक्ष शम्भु नाथ साह र टीमका साथीहरूको सहयोगमा क़तारमा समस्यामा रहेका मधेशी साथीहरुको सहयोग र उद्धारका लागी पहल गरि राखेका छन्। यसै क्रममा वहाँहरु नेपाली राजदूताबास लगायत अन्य स्थानीय सरकारी तथा गैर-सरकारी निकाय संग निरन्तर फ़ॉलो अप गरी राखेका छन्। क़तारमा रहेका लाखौ मधेशीहरुको सहयोगका लागी […]
न्यूजमधेश सम्बादाता गौर,२२ भदौ । नेपाली कांग्रेस रौतहटका युवा नेता नितेश कुमार गुप्ताले नेकपाको सरकार पूर्ण रुपमा असफल र भ्रस्टाचारमा चुर्लुम्म भएको आरोप लगाएका छन् । आइतवार रौतहट जिल्लाको सदरमुकाम गौरस्थित रिपोर्टर्स क्लव नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै युवा नेता गुप्ताले संघीय सरकार मुलुकमा भैरहेको हत्या हिसां बलात्कार, भ्रष्टाचार रोक्न असफल भएको टिप्पणी समेत गरे । […]
न्यूजमधेश सम्बादाता काठमाडौं,२१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा तेजाब प्रहारबाट पीडित मुस्कान खातुनलाई आर्थिक सहयोग प्रदान गरेका छन् । गत भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगन्जमा खातुनमाथि दुई युवाले तेजाब प्रहार गरेका थिए । तेजाब प्रहारबाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ । ९ कक्षामा […]
न्यूजमधेश सम्बादाता काठमाडौँ, २१ भदौ । पछिल्लो साता संयुक्त अरब इमिरेट्स (युएई)मा कोरोना भाइरसका कारण थप पाँच नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबारसम्म विभिन्न १६ देशमा २०० नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीमा पहिलो पटक कोरोना […]
न्यूजमधेश सम्बादाता सर्लाही ,२१ भदौ ।जिल्लामा निषेधाज्ञाका समयमा पनि नदी दोहन निरन्तर भइरहेको छ । खाद्यान्न तथा दैनिक अतिआवश्यक वस्तु, फलफूल, तरकारी, दूध र दुग्ध पदार्थ मात्र ओसारपसार गर्न छुट दिइएका अवस्थामा जिल्लाका विभिन्न नदीबाट निर्बाधरूपमा नदी दोहन भइरहेको बताइएको छ । असार, साउन र भदौमा नदीजन्य पदार्थ निकासी पैठारी गर्न नमिल्ने भए पनि ‘के […]
न्यूजमधेश सम्बादाता सर्लाही, २१ भदौ ।लकडाउन तथा निषेधाज्ञाका समयमा बर्दिबास–सिमरा विद्युतीय रेलमार्गको कामले निरन्तरता पाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम रेलमार्गकोे बर्दिबासबाट रौतहटको गुजरासम्मको कामलाई १७ खण्डमा विभाजन गरिएको छ । यस खण्डमा १५ साना तथा ठूला पुल निर्माण भइरहेको छ । बर्दिबासबाट सिमरासम्मको १०८ किलोमिटरमध्ये बर्दिबासबाट रौतहटको गुजरा नगरपालिकासम्मको ७० किलोमिटरमा […]