२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

एसईईको नतिजा सार्वजनिक

न्यूजमधेश डेस्क काठमाडौं ,१ भाद्र । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । कोभिड १९ का कारण परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको हो । बोर्ड बैठकले विद्यालयहरुले पठाएको नतिजाको मूल्यांकनको प्रमाणिकरण गरेपछि नतिजा […]

न्यूजमधेश डेस्क   जनकपुरधाम ,१ भाद्र । प्रदेश नं २ का प्रदेशप्रमुख तिलक परियारले ‘प्रदेश सञ्चार विधेयक’ फिर्ता पठाउनु भएको छ । प्रदेशसभाबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएका सो विधेयकमा प्राविधिक त्रुटि र अधिकांश शब्द समायोजन नमिलेको कारणले फिर्ता पठाइएको प्रदेश प्रमुखका स्वकीय सचिव पद्म विश्वकर्माले जानकारी गराउनुभएको छ । विधेयकको विभिन्न दफा उपदफामा देखिएका त्रुटिलाई […]

न्यूजमधेश सम्बादाता महोत्तरी,१ भाद्र । नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागिएका अवस्थामा महोत्तरी प्रहरीले आज २०० किलो मटर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वर नगरपालिका –३ स्थित भारतीय सीमा नजीकै प्रहरीले सात बोरामा राखिएको मटर बरामद गरेको हो । नेपालबाट भारततर्फ टाउकामा बोकेर लैजाँदै गरिएको मटर […]

न्यूजमधेश सम्बादाता कैलाली ,१ भाद्र । कैलालीका विभिन्न स्थानबाट अवैध काठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका– ११ बेलाबाट नन्दलाल रानाको घरबाट सालका विभिन्न साइजका २५१ थान झ्यालका पल्ला, दुई थान तयारी ढोका र चार थान झ्यालका फ्रेमसहित उहाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो […]

न्यूजमधेश डेस्क काठमाडौं,१ भाद्र । वि.सं. २०७६ सालको एसईईको परीक्षाफल केहीबेरमा प्रकाशित गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल प्रकाशन गर्न लागेको हो । बिहान ९ बजेदेखि दिउँसोसम्म रुजु र डमी कपी हेरेका सदस्यहरुले परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेका हुन् । अहिले बोर्डको बैठक चलिरहेको जनाइएको छ । बोर्डका एक सदस्यले बैठक […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१ भाद्र । पछिल्लो केहि हप्तायता नेपालमा कोरोना भाइरस संक्रमित र यसका कारण हुने मृत्युदर बढेको छ । कोरोना संक्रमण नघट्दै सरकारले जारी लकडाउन अन्त्य गरेपछि संक्रमणदर बढेको हो । संक्रमित बढेपछि गम्भीर बिरामी पनि बढ्दा अस्पतालमा भेन्टिलेटर र आइसीयुको अभाव हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतबारसम्म […]

न्यूजमधेश डेस्क सिरहा ,१ भाद्र। कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन समिति सिरहाले जिल्लाको १७ वटै स्थानीय तहमा आज बिहानदेखि भाद्र १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सिरहाको १७ वटै स्थानीय तहले […]

न्यूजमधेश सम्बादाता काबुल, १ भाद्र । अफगानिस्तानमा भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा २१ जना तालिवान लडाकूहरुको मृत्यु भएको छ । अफगानिस्तानका दुई प्रान्तमा शनिबार भएका घटनामा परी अरु सात जना घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् । घटनाका बारेमा अफगान विषेश सुरक्षा बलले आइतबार पुष्टि गरेको छ । बड्घीस प्रान्तमा १२ जना मारिएका हुन् भने […]