न्यूजमधेश डेस्क काठमाडौं,२६ श्रावण। नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ । खेलाडीको पीसीआर परीक्षण सोमबार र मङ्गलबार गरिने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का प्रवक्ता किरण राईले जानकारी दिनुभयो । विश्वकप छनोट खेलको प्रशिक्षणका लागि […]
न्यूजमधेश डेस्क सिरहा ,२६ श्रावण ।सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ । छिमेकी गोलबजार नगरपालिकामा कोरोना सङ्क्रमित युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्ररुपमा सङ्क्रमित भेट्न थालेपछि धनगढीमाई नगरपालिकाले आजदेखि यही साउन ३२ गतेसम्म लकडाउन गरेको हो । भीडभाड हुने हाटबजार क्षेत्र पसल, होटल […]
न्यूजमधेश डेस्क सिरहा ,२६ श्रावण । सशस्त्र प्रहरीको टोलीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प मिर्चैयाबाट खटिएको टोलीले मिर्चैया नगरपालिका १० बाट तीन केजी ४०० ग्राम लागुऔषध गाँजासहित सिरहा नगरपालिका १६ निवासी ६० वर्षीय मनै मोचीलाई पक्राउ गरेको हो । बोरामा प्याकिङ गरी लैजाँदै गरेको […]
न्यूजमधेश सम्बादाता नेपालगञ्ज,२५ श्रावण । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२ः०० बजेदेखि मङ्गलबार राति १२ः०० बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ । सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन । जीवन रक्षाका लागि भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञाकै समयमा उक्त क्षेत्र सिल गरेको जानकारी दिइएको छ । जिल्ला प्रशासन कार्यालयले […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ श्रावण । नेपालमा आइतबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले शनिबार थप २ जनाको कोरोनाले मृत्यु भएको पुष्टि गरेका हुन् । उनका अनुसार पोखरा […]
गोपाल प्रसाद बराल महोत्तरी,२५ श्रावण। “बुबा, हजुर कहाँ पुगेर आउनुभयो ? कोरोना देख्नुभयो ?”, दिनभरिको रिपोर्टिङबाट फर्कंदा चार वर्ष पूरा नपुगेकी मेरी नातिनी बिनिभाले सोध्ने पछिल्ला पाँच महिनायता सधैँजसोको जिज्ञासा हुने गरेको छ । बिनिभाले खेल्ने मोबाइल, घरको टिभी र रेडियोले बराबर कोरोना भाइरसबारे चर्चा गरिरहँदा यसबारे उनको जिज्ञासा बढेको म अनुमान लगाउँछु । सधैँको […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ श्रावण । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ५१५ जनाको पिसीआर परीक्षण गरिएकोमा ३८० मा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै कूल कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ९७२ पुगेको छ । आज काठमाडौँ उपत्यकामा थप ९२ कोरोनाका […]
न्यूजमधेश डेस्क सिरहा ,२५ श्रावण । प्रतिबन्धित लागुऔषध खैरो हिरोइनको कारोवार गरिरहेका अवस्थामा प्रहरीको टोलीले आज सिरहाको गोलबजार नगरपालिका वडा नम्बर–६ दोशटियाबाट छ जनालाई पक्राउ गरेको छ । खैरो हिरोइनको कारोवार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले दोहटियास्थित पाण्डव गुप्ताका घरमा खैरो हिरोइनको कारोवार गरिरहेका गुप्तासहित छ जनालाई पक्राउ गरेको […]