१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

एकै दिनमा ३८० जनामा कोरोना सङ्क्रमण

Logo
प्रकाशित आइतबार, साउन २५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२५ श्रावण । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ५१५ जनाको पिसीआर परीक्षण गरिएकोमा ३८० मा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै कूल कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ९७२ पुगेको छ ।

आज काठमाडौँ उपत्यकामा थप ९२ कोरोनाका सङ्क्रमित देखिएका छन् । काठमाडौँमा ९० र ललितपुरमा दुई जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टानमा कोरोना सङ्क्रमणमुक्त भएर ४० जना घर फर्किएका छन् । आजसम्म कोरोना भाइरस सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या १६ हजार ३५३ रहेको छ । मुलुकभर क्वारेन्टिनमा ११ हजार ३८ जना रहेका छन् । हालसम्म चार लाख ४३ हजार ८०४ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–१९ का ६२ वर्षीय एक पुरुषको यही साउन २४ गते उपचारका क्रममा मृत्यु भएको थियो । उहाँमा मधुमेहको समस्या थियो । यस्तै पर्साको वीरगञ्ज महानगरपालिका–२ का २० वर्षीया महिलाको साउन २४ गते मृत्यु भएको थियो । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ ।

मन्त्रालयका अनुसार आज मुलुकभर छ हजार ५४४ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । प्रदेशगत रूपमा प्रदेश नं १ मा ५११, प्रदेश नं २ मा तीन हजार ७५, वाग्मती प्रदेशमा एक हजार १३२, गण्डकी प्रदेशमा २३७, प्रदेश नं ५ मा ४४६, कर्णाली प्रदेशमा १६९ र सुदूरपश्चिम प्रदेशमा ९७४ रहेका छन् ।

पछिल्लो विवरणअनुसार विश्वभर एक करोड ९८ लाख १७ हजार ५७४ जना कोरोनाका सङ्क्रमित भएका छन् । हालसम्म सात लाख २९ हजार ७४८ जनाको मृत्यु भइसकेको छ । एक करोड २७ लाख ५० हजार ३८४ जना निको भइसकेका छन् ।

नेपालमा कोरोनाको पीसीआर परीक्षण प्रति १० लाख जनसङ्ख्यामा दुई दशमलव ७५ रहेको छ । सङ्क्रमणबाट मुक्त हुने दर ७१ दशमलव एक रहेको छ । पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका चार जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ छन् । त्यस्तै कोरोनाका सङ्क्रमित शून्य रहेका सात जिल्लामा सङ्खुवासभा, भोजपुर, खोटाङ, धनकुटा, मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् । नेपालमा कोरोनाबाट बच्न ७२ प्रतिशतले मात्रै मास्क लगाउँछन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनअनुसार ६२ प्रतिशतले मात्रै सही तरिकाले मास्क लगाउने गरेको पाइएको छ । काठमाडौँका ३२ सार्वजनिक स्थलमा गरिएको अवलोकनमा अहिले पनि २७ प्रतिशतभन्दा बढीले मास्क राम्रोसँग लगाउँदैनन् ।

परिषद्का सदस्यसचिव प्रा डा प्रदीप ज्ञवालीले काठमाडौँका २३ सार्वजनिकस्थलमा गरिएको अध्ययनमा ७२ प्रतिशतले मात्रै सही तरिकाले मास्क लगाएको पाइएको जानकारी दिनुभयो ।

अध्ययनका क्रममा व्यक्तिले मास्क लगाएको, नलगाएको वा कस्तो प्रकारको मास्क लगाएको भनी चार हजार ५०२ जनामा गरिएको अवलोकनमा मास्क लगाउनेको सङ्ख्या ७२ दशमलव एक र मास्क नलगाउनेको सङ्ख्या २७ दशमलव एक प्रतिशत रहेको देखिएको छ । सार्वजनिकस्थलमा जम्मा दुई हजार ७०३ जनामा गरिएको अवलोकनमा सही तरिकाले मास्क लगाउने ७२ दशमलव ६६ प्रतिशत र मास्कको बेवास्ता गरी लगाउनको सङ्ख्या २७ दशमलव ३४ प्रतिशत रहेको पाइएको छ । मास्क लगाउनेमध्ये पनि कपडाको मास्क लगाउने १५ दशमलव आठ प्रतिशत रहेका छन् ।

काठमाडौँ उपत्यकाका २३ सार्वजनिक स्थलहरु तरकारी बजार, सपिङ मल, सरकारी र निजी अस्पताल, बैंक, मालपोत कार्यालय, सार्वजनिक यातायात, होटललगायत क्षेत्रमा अध्ययन गरिएको थियो । जनस्वास्थ्य मापदण्ड ‘एसएमएस’, सामाजिक दूरी, मास्कको उचित प्रयोग, सेनिटाइजर र साबुनको प्रयोगबारे सर्वसाधारणमा सर्वेक्षण गरिएको थियो । परिषद्ले साउन ८ गते छ जनाको विज्ञ समूह गठन गरी तथ्य सङ्कलनका लागि ३९ जना अनुसन्धान टोली खटाइएको थियो । अध्ययन प्रतिवेदन आजै स्वास्थ्य मन्त्रालयमा बुझाइएको डा ज्ञवालीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

जनकपुरधाम। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमालेबाट थप तीन मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज शनिबार एमालेका प्रदेशसभा सदस्यहरु सत्रुधन प्रसाद सिंह कोइरी, राजकुमार लेखी र स्वतन्त्र जितेर एमाले प्रवेश गरेका प्रमोद जयसवालले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष मन्त्री पदको शपथ लिएका छन् । राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य […]

जनकपुरधाम । नेकपा एमालेका सचिव रघुवीर महासेठलाई भव्य स्वागत गरिएको छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेर गृह जिल्ला पुग्दा महासेठलाई भव्य स्वागत गरिएको हो । जनकपुरधाम विमानस्थलमा उपप्रधानमन्त्री महासेठलाई एमाले नेता कार्यकर्ताहरूले १०१ किलोको मालाले स्वागत गरेका हुन् । महासेठ प्रभावशाली मन्त्री बनेकोमा नेता कार्यकर्ताहरू उत्साहित देखिएका थिए । महासेठको स्वागत […]