प्रभाषचन्द्र झा/अजयकुमार साह जनकपुरधाम ,२३ श्रावण । प्रदेश नं २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तरमा वृद्धि भइरहेको छ । निषेधाज्ञाको पालना गर्नुपर्ने विषयमा सर्वसाधारण जागरुक हुन नसक्नु, आपूmलाई कोरोना नलाग्ने भ्रमले समाजिक दूरी कायम नगर्नु र कतिपयले मास्क प्रयोग नगरी भीडभाड ठाउँमा पुग्ने गरिएको कारणले कोरोना सङ्क्रमणमा निरन्तर वृद्धि […]
न्यूजमधेश सम्बादाता बाँके, २३ श्रावण । एकतर्फीरुपमा भारतले बनाएको बाँधका कारण नरैनापुर गाउँपालिका नै बर्सेनी डुबानमा पर्दै आएको छ । डुडुवा गाउँपालिका साबिकका होलिया, बेतहनी–२, वनकटी–३ कम्दी–४ र ५, हिरमिनिया–६, राप्ती सोनारी–७, फत्तेपुर–६, पदनाहा नरैनापुर–५, भगवानपुर डोन्द्रा, भोजपभगवान्पुर, महतेनिया–६ सोन वर्षा गङ्गापुरलगायत क्षेत्र डुबान र कटानको चपेटामा परेका छन् । बाँधले प्राकृतिक बहाव रोकेपछि बर्सेनी […]
न्यूजमधेश सम्बादाता टिकापुर,२३ श्रावण । कैलालीको भजनी नगरपालिकामा बाढीले तीन हजार हेक्टर क्षेत्रफलमा लगाएको धानखेती नष्ट गरेको छ । गत साता आएको बाढीले भजनीमा धानखेती कटानी र पटानी भएर नष्ट भएको छ । भजनी–८ गोडचौराका गोपीराम चौधरीको धानखेती बाढीले पूर्णरुपमा नष्ट गरेको छ । उहाँको ढाइ बिघा जमिनमा रोपिएको धानखेती नष्ट भएको हो । बाढीले […]
न्यूजमधेश डेस्क सिरहा ,२३ श्रावण । शिक्षा ऐन र नियमावली विपरीत आफूहरुको सरुवा गरेको भन्दै सिरहाको लहान नगर क्षेत्रका विभिन्न अधारभूत विद्यालयमा कार्यरत शिक्षक आन्दोलित भएका छन् । लहान नगरपालिका नगर शिक्षा समितिले शिक्षा ऐन र नियमावली विपरीत सरुवा गरेको भन्दै शिक्षकहरुले सङ्घर्ष समिति गठन गरी आन्दोलन शुरु गरेका हुन् । स्थानीय सरकारलाई शिक्षकको दरबन्दी […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ श्रावण । गलत समूहको रगत चढाएपछि एक सुत्केरीको मृत्यु भएको अभियोगमा जनकपुरका दुई चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ स्थित रामजानकी अस्पतालमा सुत्केरी भएकी महोत्तरीको गौशाला नगरपालिकाको भरतपुर बस्ने २३ वर्षीया गङ्गादेवी महतोको आज बिहान मृत्यु भएपछि चिकित्सक पक्राउमा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ […]
न्यूजमधेश सम्बादाता झापा ,२२ श्रावण । बन्दाबन्दी खुलेसँगै सीमा क्षेत्रमा तस्करी धन्दा सलबलाएकोे छ । साउन महिनामा मात्र झापाको प्रहरीले रु २० लाखभन्दा बढी मूल्यका तस्करीका सामान दशगजाबाट बरामद गरी भन्सारमा बुझाएको देखिन्छ । झापाको काँकडभिट्टा, बाहुनडाँगी, भद्रपुर र कुमरखोदबाट विगतदेखि नै तस्करी धन्दा हुने गरेको छ । कोभिड–१९ को विश्वव्यापी महामारीमा सरकारले बन्दाबन्दी लागू […]
न्यूजमधेश सम्बादाता राजविराज ,२२ श्रावण । सप्तरीमा एकै दिन ४३ जना सङ्क्रमित कोरोना जितेर घर फर्केका छन् । गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाका अनुसार एकैपटक नौ महिलासहित ४३ जना निको भएका हुन् । उनीहरूको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको छ । एकै दिन ४३ जना निको भई घर […]
न्यूजमधेश डेस्क सिरहा ,२१ श्रावण । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा सोमबार साँझ ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१त ७४०२ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको स४प ७२१० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–३ निवासी २१ वर्षीय देविन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको […]