०५ फाल्गुण २०८१, मंगलबार
18-02-2025 , Tue
×

सिरहामा खैरो हिरोइनसहित ६ पक्राउ

Logo
प्रकाशित आइतबार, साउन २५, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,२५ श्रावण । प्रतिबन्धित लागुऔषध खैरो हिरोइनको कारोवार गरिरहेका अवस्थामा प्रहरीको टोलीले आज सिरहाको गोलबजार नगरपालिका वडा नम्बर–६ दोशटियाबाट छ जनालाई पक्राउ गरेको छ ।

खैरो हिरोइनको कारोवार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले दोहटियास्थित पाण्डव गुप्ताका घरमा खैरो हिरोइनको कारोवार गरिरहेका गुप्तासहित छ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २८ वर्षीय गुप्तासहित स्थानीयवासी २२ वर्षीय सुरज परियार, २० वर्षीय रोशन लामा, २० वर्षीय सैफली खान, १९ वर्षीय विवेक श्रेष्ठ र १९ वर्षीय शिरिल महरा रहेको प्रहरीले जनाएको छ । बिक्रीवितरणका लागि लुकाइछिपाई सेतो प्लाष्टिकको ससाना पाँच पोका, कालो प्लाष्टिकको एउटा ठूलो पोकामा रहेको एक ग्राम ४०० मिलीग्राम र फ्लाष्टिकबाहेक एक ग्राम २०० मिलीग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभयो ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]