२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

वडाध्यक्ष बाट एक निर्दोष महिला कुटिए, पीडित कार्यवाही को प्रतीक्षामा

मनोज बनैता लहान, १८ असार । सुखिपुर नगरपालिकाका वडाध्यक्ष रामलोभित यादवले एक महिलालाई निर्घात रुपमा कुटपिट गरेका छन । लाहान १३ मा घर बनाई बस्दै गरेका अध्यक्ष यादव लगायत उनका पारिवारिक सदस्यहरुले त्यहीँ बस्ने एक महिलाई कुटेका हुन ।

न्यूजमधेश डेस्क सिरहा, १८ असार । सिरहा धनगढीमाई नगरपालिका वडा नम्बर  ८ का प्रदिप यादव पछिल्लो एक वर्ष ६ देखि ओछ्यानमा छन् ।दुर्घटनामा परी भाचिएका खुट्टाको उपचारमा लापर्वाही भएर निको नभएपछि उनी लामो समयदेखि ओछ्यान परेका हुन् ।जनता माध्यमिक विद्यालय धनगढीमाई नपा ७ अयोध्यानगरका प्राथमिक शिक्षक यादव विद्यालयबाट गोलबजार आउने क्रममा २०७७ पुस २४ गते […]

न्यूजमधेश डेक्स जनकपुरधाम,१७ असार । पत्रकारलाई नै जरिवाना तोक्ने र सञ्चारसम्बन्धी उपकरण जफत गर्ने उल्लेख गरेर विधेयक पारित गरिएको भन्दै पत्रकारहरुले जनकपुरधामको जनक चोकमा धर्ना दिँदै विधेयक जलाएका हुन् । प्रदेश संचार विधेयक प्रदेश २ मा गत शनिबार पारित भएको संचार सम्बन्धी विधेयक निरंकुश शैलीको भएको भन्दै जनकपुरधामका पत्रकारहरुले बुधबार जलाएका छन् । ‘कुनै पनि […]

कालिका खड्का काठमाडौँ, १७ असार । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले जन्मेपछि आफ्नो मानवाधिकारको उपभोग गर्नबाट वञ्चित भएको एक अध्ययन प्रतिवेदनले जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगले आज सार्वजनिक गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन’मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मानवाधिकारको उपभोगबाट वञ्चित हुनुपरेको उल्लेख गरिएको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले […]

मनोज बनैता लाहान, १७ असार । लाहान नगरपालिका -१ स्थित कृष्णटोलको भित्री सडकको विजोग अवस्थाले स्थानीय सकस झेल्दै आएका छन । हल्का वर्षामै हिलाम्मे हुनेगरेको सडकमा पैदल हिड्न समेत कठिनाई भोग्दै आएका करिब दुई दर्जन घरपरिवार ले भने हाल आएर राहत महसुस गरेका छन । कुनै सरकारी बजेट नभई निजी लगानीमा कृष्णटोलकै स्थानिय तथा नेपाली […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१७ असार। प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । उनले राजनीतिक परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बिहान ८ बजे बालुवाटार बोलाएका हुन् । मंगलवार स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएको थियो । बैठकमा शीर्ष नेतासहित १७ जनाले ओलीको राजीनामा माग गरेका थिए । ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१७ असार । सात बर्षपछि अंगीकृत नागरिकता दिन लागिएको प्रावधानबिरुद्वको आन्दोलन चर्किदैं गएको छ । मंगलबार प्रदेश २ का सबै जिल्लासहित संघीय राजधानी काठमाडौंमा पनि प्रदर्शन भएको छ । प्रदेश २ को आठ वटै जिल्लामा जनता समाजवादी पार्टीद्वारा बिरोध प्रदर्शन गरिएको छ । अस्थायी राजधानी जनकपुरधामसहित जिल्लामा यी पार्टीका नेता÷कार्यकर्ताको उल्लेख्य सहभागिता थियो […]

न्यूजमधेश सम्बादाता बुटबल,१७ असार। प्रदेश नं ५ सरकारले स्थानीय तहका वडाध्यक्षहरुले पदाधिकारीसरह पाउँदै आएको सुविधामा कटौती गर्न कानून संशोधन प्रस्ताव गरेको छ । सोसम्बन्धी विधेयक प्रदेशसभामा संशोधनका लागि पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । प्रदेश सरकारको मंगबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी ऐन, २०७६ लाई […]