०४ आश्विन २०८२, आइतबार
21-09-2025 , Sun
×

नौ करोड खर्चिए पनि बनेन ९ किलोमिटर सडक

चितवन। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङबाट इच्छाकामना मन्दिरसम्म सडकको नयाँ ट्रयाक खन्ने काम २०६५ सालमा सम्पन्न भयो। तत्कालीन दारेचोक गाउँ विकास समितिबाट ५० हजार बजेट विनियोजन गरी सडकको नयाँ ट्रयाक फिस्लिङबाट खन्ने काम शुरु गरिएको थियो। ५० हजार रुपैयाँबाट सडकको ट्रयाक खन्न सम्भव थिएन। स्थानीयले चन्दा उठाएर ट्रयाक खन्ने काम सम्पन्न गरे। ट्रयाक खन्ने […]

काठमाडौं । स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १२ का दिन यो दिवस मनाइन्छ । यस वर्ष ‘सबैको स्वास्थ्यका लागि आजैदेखि जुटौँ’ भन्ने नारा रहेको छ। सो नारा दिगो विकास एजेण्डा, २०३० अन्तर्गत गरिएको ‘कसैलाई पछि नछाडौँ’ भन्ने मूल नारामा आधारित छ । दिगो विकास एजेण्डाले […]

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुलको काम अलपत्र छ । निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि पुल तयार नहुँदा स्थानीय बासिन्दाले सास्ती भोगिरहेका छन् । पक्की पुल नहुँदा बर्सातमा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सकस पर्ने गरेको स्थानीय घनश्याम साउँदले बताए । ‘बर्खामा खोला निकै आउँछ । बिरामी […]

वीरगन्ज । यातायात व्यवस्था कार्यालय विरगन्जका प्रमुख कोमल गौतमको निर्देशनमा खटाइएका बेतलबी कर्मचारीहरु बिचौलियाको रूपमा हाबी हुँदै गए पछि आम मानिसहरू निराश भएका छन् । नारायणी यातायात व्यवस्था कार्यालय पर्सा वीरगञ्जका मोटरसाइकल नामसारी शाखा प्रमुख सरोज आचार्य र सहायक प्रमुख विनोद कापर निकट रहेका बिचौलियाहरुले सजिलै आम सेवाग्राहिहरुको काम काज गर्न अवरोध गरी आफू मार्फत […]

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो कालोसूचीमा राखिएका व्यवसायी/आपूर्तिकर्ता कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

विराटनगर । मोरङको विराटनगरस्थित नेपाल–भारत सीमामा एक युवकमाथि गोली प्रहार गरिएको छ । घटनामा विराटनगर महानगरपालिका–८, मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका छन् । कोसी अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । आइतबार साँझ विराटनगर–१६, दशगजानजिकै भारतीय क्षेत्रमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । संग्रौलाको बायाँ तिघ्रामा गोली लागेको बताइएको छ […]

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को विवाद सतहमा आएको छ । दुई जना वरिष्ठ नेता राजेन्द्र महतो र अनिल कुमार झाले वहिष्कार गरेपछि आइतवार बसेको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा सहभागी नहुने घोषणा गरेका वरिष्ठ नेताद्वय महतो र झाको कारण एजेण्डाहरुमा छलफल नै नगरी स्थगन भएको छ । […]

जनकपुरधाम। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा आज धनुषाको औरही गाउँपालिकामा आउने भएका छन् । धनुषा निर्वाचन क्षेत्र नम्वर २ का पूर्व सभापति स्व. राजकिशोर सिंहको शालिक अनावरण गर्न उनी औरही आउन लागेको जनाइएको छ । औरही गाउँपालिका–४ मा हुन लागेको शालिक अनावरण कार्यक्रममा सहभागी हुन सभापति देउवा एक बजे हेलिकप्टरबाट औरहीमै आउने […]