०४ आश्विन २०८२, आइतबार
21-09-2025 , Sun
×

बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

रौतहट । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित रहेको प्रहरीले जनाएको छ जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ ।

काठमाडौं । मधेस सरकारका प्रतिनिधिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा संवैधानिक व्यवस्थाअनुसारको सङ्घीय कानुन निर्माणको विषयमा छलफल भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमाको टोलीले संविधानले व्यवस्था गरेअनुसार सङ्घीय कानुनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो। टोलीले एक महिनाभित्र निजामती सेवा ऐन […]

काठमाडौं । ठगी आरोपमा कास्की प्रहरीले पोखरा महानगरपालिका– ६ का सदस्यसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा खहरेका वडासदस्य ४२ वर्षीय दीपेन्द्र पहारी, पोखरा– ६ लेकसाइड बैदामका ४१ वर्षीय विकास पहारी, लेकसाइड बस्ने २२ वर्षीय प्रवीन विश्वकर्मा र लेकसाइडकै २४ वर्षीय अभिषेक परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए । आरोपीहरूले […]

जनकपुरधाम। मधेश प्रदेशमा अटोमेटि्रक ट्रयाल सेन्टर संचालन गर्नको लागी श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले अटोम्याटिक ट्रायल सिस्टम बारे जानकारी लिदै निरिक्षण गरेको छ। मन्त्री सिंहसहितको टोलीले दिल्ली सरकारको परिवहन मन्त्री कैलाश गहलोतसँग भेटघाट तथा अटोमेटि्रक ट्रयाल सेन्टर निरीक्षण गर्दै सोही अवधारणा मधेस प्रदेशमा लागु गर्ने योजना सहित आगाडि बढेको जनाइएको छ। जनसंख्या वृद्धि […]

नेपालगन्ज। बैंक तथा वित्तीय संस्थाले सास्ती दिएको भन्दै बाँके र बर्दियाका १३ वटा उद्योग वाणिज्य संघहरुले संयुक्त आन्दोलन घोषणा गरेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा नेपालगन्जमा आयोजना गरिएको वृहत भेला र अन्तरक्रियापछि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीको संयोजकत्वमा एक हजार एघार सदस्यीय संघर्ष समिति गठन गरिएको हो । नेपालगन्ज उद्योग वाणिज्य […]

जनकपुरधाम । मधेश प्रदेशमा ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम प्रारम्भ भएको छ । महिलाहरुलाई सामाजिक तथा आर्थिक रुपमा महिला सबल बनाउने उद्देश्यले मधेश प्रदेशका १२ वटा पालिकामा कार्यक्रम सञ्चालन हुने छ । युरोपियन युनियन तथा संयुक्त राष्ट्रसङ्घीय निकायहरू (युएनएफपिए, आईएलओ, युएन वुमन र युनिसेफ) को प्राविधिक सहयोग एवं मधेश प्रदेशको खेलकुद तथा सामाज कल्याण मन्त्रालयको […]

जनकपुरधाम । मधेशको राजधानी जनकपुरधाममा औषधि व्यवस्था विभागले अनुगमन थालेपछि अवैध औषधि पसल सञ्चालकले पसल बन्द गरेका छन् । विभागको शाखा कार्यालय वीरगञ्जका अधिकृत मुकेन्द्र पञ्जियार नेतृत्वमा आएको टोलीले गत मंगलबारदेखि औषधि पसल तथा फार्मेसीको अनुगमन गरिरहेको छ । सो क्रममा दर्ता बिनै सञ्चालित अधिकांश औषधि पसल सञ्चालक पसल बन्द गरी भागेको विभागको वीरगञ्ज शाखाका […]

नवलपुर । गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसिप बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ । मनसुन भित्रिएसँग नारायणी नदीमा आएको बाढीका कारण बन्द भएको क्रुजसिप बिहीबारदेखि नियमित सञ्चालनमा ल्याइएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले जनाएको छ । प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार क्रुजसिप नियमित सञ्चालनमा आएसँगै दैनिक तीन ‘सिफ्ट’मा यात्रुलाई सेवा […]