२२ पुष २०८२, बुधबार
07-01-2026 , Wed
×

मधेशको विकास बुलेट ट्रेनजस्तै हुन्छ : मुख्यमन्त्री यादव

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेसको विकास बुलेट ट्रेनजस्तै हुने बताए । शनिबार मधेश प्रदेशसभा सचिवालयले आयोजना गरेको मधेश प्रदेश सभाको पाँचौ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेशको विकास बुलेट ट्रेनजस्तै हुने बताए । उनले, “मधेस सरकार हिजो बल्ल पूर्णता पायो, आज प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रम प¥यो, मन्त्री र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२० माघ । कार्यभार सम्हालेको तीन साता बितिसक्दा पनि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सरकारी निवासमा सरेका छैनन् । निवास रङ्गरोगनको काम सम्पन्न नभएकोले नियुक्त भएको तीन सातासम्म पनि मुख्यमन्त्री यादव सरकारी निवासमा सर्न पाएका छैनन । पुष २७ मा नियुक्त भएका उनी सरकारी निवासमा नगई राजधानी जनकपुरधामस्थित एक होटेलमा बास बसिरहेका छन् […]

न्यूजमधेश डेस्क काठमाडौं,२० माघ। नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल दुर्घटनामा परेका छन्। उनी सवार गाडी डिभाइडरमा ठोक्किएपछि भुसाल घाइते भएका छन्। शुक्रबार बिहान बबरमहल हुँदै शान्तिनगरस्थित पार्टी कार्यालयतर्फ जानेक्रममा उनी सवार गाडी नयाँ बानेश्वरस्थित सडकमा रहेको डिभाइडरमा ठोक्किएपछि उनलाई सामान्य चोट लागेको छ। भुसालको निजामती अस्पताल मिनभवनमा उपचार भइरहेको उनीनिकट गौतम राईले जानकारी दिए। […]

न्यूजमधेश डेस्क बुटवल,२० माघ । बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो । रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निःशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल […]

राजु विश्वकर्मा वीरगञ्ज, २० माघ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ इनरुवाका ५५ वर्षीय तारा महरा चमार पक्की घर पाएपछि खुसी हुनुहुन्छ । वर्षौँदेखि फुसको छाप्रोमा छ जना परिवारका सदस्यसहित बस्दै आएका चमार अब भने पक्की घरमा ढुक्कसँग बस्न पाएपछि सुखी हुनुभएको हो । “मान्छेलाई बाँच्नका लागि खानासँगै घर पनि चाहिन्छ, तर घर नहुँदा फुसको छाप्रोमा जेनतेन परिवारसँगै […]

न्यूजमधेश डेस्क झापा,२० माघ। शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ना३ख ८३११ नंका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन् । सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो । उहाँका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ माघ । धनुषाको औरही गाउँपालिका १ स्थित रामजानकी माध्यमिक विद्यालयको कार्यालयबाट चोरी भएको कम्प्यूटर र अन्य समान डेरी उद्योगबाट बरामद भएको छ । चोरी भएको समानहरु औरही गाउँपालिका १ मै अमित कुमार साहले सञ्चालन गरेको डेरीबाट बरामद भएको हो । चोरीका समानहरु डेल कम्पनीको मोनिटर १ थान, नोकिया लेखिएको वाइफाइको राउटर १ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१८ माघ। धनुषाको शहिदनगर नगरपालिका ७ धवौलीमा रहेको एस.एन.आर. जनता माविका प्रधानाध्यापक श्रीप्रसाद गोहिवारलाई विद्यार्थीहरुले दुव्र्यवहार गरेका छन् । पठनपान अस्तव्यस्त पारेको र करोडौं रुपैया भ्रष्टाचार गरेको भन्दै विद्यार्थीहरुले प्रधानाध्यापक गोहिबारमाथि कालो रंग फालेर दुव्र्यवहार गरेका हुन् । विद्यार्थीहरुले प्रधानाध्यापक गोहिवारमाथि कालो रंग दल्नुका साथै विद्यालयमा तालाबन्दी समेत गरेका छन् । पठनपाठन […]