०४ भाद्र २०८२, बिहिबार
21-08-2025 , Thu
×

शरणार्थी प्रकरणमा मुछिएका सबैको छानबिन गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा नाम आएका सबैलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद थापाले भ्रष्टाचारको अन्त्य र देशमा सुशासनको निम्ति पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैलाई छानबिन गरी […]

महोत्तरी । सरकारले मिटरब्याजीलाई कारबाही गर्न कानुन ल्याएसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थालेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार महोत्तरीमा हालसम्म मिटरब्याजीविरुद्ध एक हजार ७३४ उजुरी दर्ता भएका छन् ।सरकारले अध्यादेश ल्याउँदै अनुचित लेनदेन (मिटरब्याज) गरेका व्यक्तिलाई कारबाही गर्ने भन्दै पीडितलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन समय […]

महोत्तरी । महोत्तरी प्रहरीले एक क्विन्टल गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। मकवानपुर भिमफेदी गाँउपालिका १ बस्ने २९ वर्षीय रुपेश गोले र २६ वर्षीय अनिल पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश ३-००१ क ०२६९ नम्बरको ट्रकमा पोकापारेर लुकाइछिपाइ लैजाँदै गरेको एक क्विन्टल लागुऔषध गाँजासहित एकडारा गाँउपालिका ३ अजमरपट्टी स्थितबाट दुवैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय […]

रौतहट ,९ जेष्ठ। रौतहटको चन्द्रपुर–४ स्थित माछापुच्छ्रे बैंकका सेवाग्राहीको खाताबाट ९ लाख रुपैयाँ हराएको विषयमा दुवै पक्षबीचको विवाद सहमतिमा पुगेको छ । सहमतिपछि पीडित भनिएका पक्षले विराेध स्थगित गरेको छ भने बैंकले शाखा कार्यालयबाट सेवा सञ्चालन गरेको छ । यसअघि आइतबार र सोमबार पीडित भनिएका सेवाग्राहीका आफन्तहरुले बैंक घेराउ गरी सेवा अवरुद्ध पारेका थिए । […]

काठमाडौं ,९ जेष्ठ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको हो । गत २५ वैशाखमा दिएको रिट निवेदनलाई २८ वैशाखमा सर्वोच्च अदालत प्रशासनले दरपिठ […]

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका -९ स्थित घरमा झुण्डिएको अवस्थामा फेला परेकी महिलाको हत्या दाइजोको निहुँमा भएको आरोप लागेको छ । आईतवार बेलुका २२ वर्षीया आरतीको साहको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । उनलाई तत्कालै काब्या अस्पताल लगियो । तर अस्पतालले उनको मृत्यू भइसकेको जनाएपछि शव पोष्टर्माटका लागि प्रादेशिक अस्पताल पुर्याइयो । आरतीको शवको अहिले […]

जकपुरधाम,९ जेष्ठ । मधेश सरकारमा आज नेपाली कांग्रेस दुई मन्त्रालय लिएर सहभागी हुँदै छ । भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त भएका छन् । यादव मधेश प्रदेश कांग्रेसका सभापति छन् भने सिंह कोषाध्यक्ष हुन् । आज दिउँसो १ बजे आफू दईजनाको शपथ ग्रहणको कार्यक्रम राखिएको […]

जनकपुरधाम,८ जेष्ठ। धनुषाको जनकपुरधाम उपमहानगरपालिका–६, डोम्बाबारीबाट स्रोत नखुलेको नगदसहित एक भारतीय पक्राउ परेका छन् । भारतको सीतामढीग्राम नगरपालिका मनपुर घर भई सोही उपमहानगरपालिका-६ मा डेरा गरी बस्ने २५ वर्षीय रन्धिर ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले २० लाख रूपैयाँ बरामद गरेको हो । प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा […]