महोत्तरी । महोत्तरी प्रहरीले एक क्विन्टल गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। मकवानपुर भिमफेदी गाँउपालिका १ बस्ने २९ वर्षीय रुपेश गोले र २६ वर्षीय अनिल पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश ३-००१ क ०२६९ नम्बरको ट्रकमा पोकापारेर लुकाइछिपाइ लैजाँदै गरेको एक क्विन्टल लागुऔषध गाँजासहित एकडारा गाँउपालिका ३ अजमरपट्टी स्थितबाट दुवैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय […]
रौतहट ,९ जेष्ठ। रौतहटको चन्द्रपुर–४ स्थित माछापुच्छ्रे बैंकका सेवाग्राहीको खाताबाट ९ लाख रुपैयाँ हराएको विषयमा दुवै पक्षबीचको विवाद सहमतिमा पुगेको छ । सहमतिपछि पीडित भनिएका पक्षले विराेध स्थगित गरेको छ भने बैंकले शाखा कार्यालयबाट सेवा सञ्चालन गरेको छ । यसअघि आइतबार र सोमबार पीडित भनिएका सेवाग्राहीका आफन्तहरुले बैंक घेराउ गरी सेवा अवरुद्ध पारेका थिए । […]
काठमाडौं ,९ जेष्ठ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको हो । गत २५ वैशाखमा दिएको रिट निवेदनलाई २८ वैशाखमा सर्वोच्च अदालत प्रशासनले दरपिठ […]
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका -९ स्थित घरमा झुण्डिएको अवस्थामा फेला परेकी महिलाको हत्या दाइजोको निहुँमा भएको आरोप लागेको छ । आईतवार बेलुका २२ वर्षीया आरतीको साहको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । उनलाई तत्कालै काब्या अस्पताल लगियो । तर अस्पतालले उनको मृत्यू भइसकेको जनाएपछि शव पोष्टर्माटका लागि प्रादेशिक अस्पताल पुर्याइयो । आरतीको शवको अहिले […]
जकपुरधाम,९ जेष्ठ । मधेश सरकारमा आज नेपाली कांग्रेस दुई मन्त्रालय लिएर सहभागी हुँदै छ । भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त भएका छन् । यादव मधेश प्रदेश कांग्रेसका सभापति छन् भने सिंह कोषाध्यक्ष हुन् । आज दिउँसो १ बजे आफू दईजनाको शपथ ग्रहणको कार्यक्रम राखिएको […]
जनकपुरधाम,८ जेष्ठ। धनुषाको जनकपुरधाम उपमहानगरपालिका–६, डोम्बाबारीबाट स्रोत नखुलेको नगदसहित एक भारतीय पक्राउ परेका छन् । भारतको सीतामढीग्राम नगरपालिका मनपुर घर भई सोही उपमहानगरपालिका-६ मा डेरा गरी बस्ने २५ वर्षीय रन्धिर ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले २० लाख रूपैयाँ बरामद गरेको हो । प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा […]
काठमाडौं,८ जेष्ठ । जनमत पार्टीको केन्द्रीय समिति बैठक जेठ १२ गते हुने भएको छ । पार्टीको विभिन्न विषयमा छलफलका लागि केन्द्रीय समितिको बैठक बोलाइएको पार्टीले जनाएको छ । काठमाडौंको कोटेश्वरस्थित होटल तपोवनमा विहान ७ बजेदेखि बैठक राखिएको पार्टीकी सचिव अनिता साहद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । स्थानीय तथा प्रदेश एवं प्रतिनिधिसभाको निर्वाचन पछि पार्टीको केन्द्रीय […]
जनकपुरधाम,८ जेष्ठ ।विद्यार्थी जनमत संघ धनुषाले विद्यार्थीहरुको नि:शुल्क ब्लड चेकजाँच शिविर सुरु गरेका छ्न। सोमबार धनुषाको हसपुर नगरपालिका -५ सुगानिकासस्थित श्री माध्यमिक विद्यालयमा अध्यनरत ३४१ विद्यार्थीहरुलाई नि:शुल्क ब्लड चेकजाँच गरि उनिहरुको ब्लड ग्रुपसमेत छुट्याइएको संघका जिल्ला अध्यक्ष बिरेन्द्र यादवले जानकारी दिएका हुन। उनले भने,’३४१ जना विद्यार्थी मध्ये ४७ जना (A+),१४३ जना (B+),१२९ जना (O+),११ जना […]