०३ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

अहिलेको मधेस सरकार ‘रेस्ट’ गर्ने सरकार होइन : मुख्यमन्त्री सिंह

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतीश सिंहले अहिलेको सरकार ‘रेस्ट’ गर्ने सरकार नभएको बताएका छन् । अघिल्ला सरकार जस्तो आरामले समय काट्ने सरकार नभएर जनताको सेवाका लागि २४ सै घण्टा काम गर्ने सरकार भएको उनले बताए । पर्यटन विकास कार्यलय पर्साले बुधबार वीरगन्जमा आयोजना गरेको सरोकारवालाहरुसँग अन्तरक्रिया एवं संवाद कार्यक्रम मुख्यमन्त्री सिंहले पहिलाको सरकार जस्तो […]

वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशलाई आर्थिक समुन्नतिमा लैजाने मुख्य आधारको रुपमा पर्यटक क्षेत्र रहेको बताएको छ। पर्यटन विकास कार्यालय वीरगन्जले आयोजना गरिएको सरोकारवालासँगको संवाद कार्यक्रममा मुख्यमन्त्री सिंहले पर्यटन क्षेत्रको विकासले मात्रै मधेश प्रदेशको आर्थिक तथा सामाजिक रुपमा कायापलट हुने बताए । ‘‘मधेश प्रदेशलाई माथि उकास्ने भनेको नै पर्यटन क्षेत्रले हो,’’ उनले […]

राजविराज । सप्तरीमा भएको दलित परिवारमाथि सांघातिक आक्रमण घटनाको सत्यतथ्य छानबिन गर्न जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले माग गरेको छ। डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुर बस्ने पृतम पासवान परिवारमाथी आक्रमण भएको घटना प्रती नेता यादवको ध्यानाकर्षण भएको छ। नेता यादवले घटना प्रती दुःख व्यक्त गर्दै उनले घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कार्वाही […]

जनकपुरधाम। जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली चलचित्र महोत्सव आजदेखि सुरु हुँदैछ । जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रुपमा पहिलो पटक महोत्सव आयोजन हुन लागेको हो । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्सवको शुभारम्भ गर्नहुने कार्यक्रम रहेको लोक सञ्चारका अध्यक्ष एवं कार्यक्रम संयोजक रमेश रञ्जन झाले जानकारी दिए । दुई दिनसम्म चल्ने महोत्सवमा ललका पाग, लोटस […]

वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगरसभामा विवादकै बीचमा आर्थिक वर्ष २०८१/८२ का लागि रु दुई अर्ब १० करोड ५० लाखको बजेट ल्याएको छ । आज भएको नगरसभाको १०औँ बैठकमा उपप्रमुख भोलाप्रसाद अधिकारीसहित सदस्यहरु विरोधमा उत्रिएपछि कार्यपालिका सदस्य रामप्रसाद लामिछानेले बजेट पेस गर्नुभएको हो । चालु आवको बजेटभन्दा रु ५७ करोड तीन लाख घटाएर बजेट ल्याइएको […]

सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ स्थित बर्धमान अस्पतालले पाठेघर खस्ने समस्या भएका महिलाको निःशुल्क उपचार गर्ने भएको छ । मधेस प्रदेश स्वास्थ्य निर्देशनालयसँगको सहकार्यमा अस्पतालले भोलि मङ्गलबारबाट शिविर सञ्चालन गर्न लागेको हो । अस्पतालका व्यवस्थापक डा शारीका गोइतले पाठेघर समस्याबाट पीडित महिलाको उपचार तथा शल्यक्रियाका लागि शिविर आयोजना गर्न लागेको जानकारी दिए । “अझै पनि […]

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६० करोड ३ लाख १८ हजारको बजेट ल्याएको छ । नगरपालिकाले आज गरेको ८ औं नगरसभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको हो ।नगरपालिकाकी उपप्रमुख आशा देवी झाको आदेश अनुसार प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर साहले बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रम […]

राजविराज । मधेश प्रदेश सरकारका विना विभागीय मन्त्री मो. सकिल मियाँले नगर विकासका लागि सबै दल र व्यक्तिको सहयोग आवश्यक रहेको बताएका छन् । सप्तरीको बलान बिहुल गाउँपालिकाको १० औँ गाउँ अधिवेशनमा शुभकामना मन्तब्य दिदैँ मन्त्री समेत मियाँले विकासको काममा सबै एक जुट हुनुपर्ने बताएका हुन् । बलान बिहुल गाउँपालिकाले पूर्वाधार विकास, शिक्षा र कृषि […]