२५ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

मधेस विश्वविद्यालयमै कानुनको कक्षा संचालन हुने

वीरगञ्ज । कानुन पढ्न काठमाडौं जानुपर्ने बाध्यता हट्ने भएको छ। बी एल, एलएलबी पढ्न चाहने विद्यार्थीका लागि अब मधेस विश्वविद्यालयमै पढाइ हुने भएपछि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको हो। वीरगञ्जमा स्थापित मधेस विश्वविद्यालयले यसै वर्षदेखि कानुन र जनप्रशासनको कक्षा सुरु गर्न लागेको छ। विशेष गरी कानुन संकायमा बिए, एलएलबी पढ्न चाहने विद्यार्थीले अब वीरगञ्जमै उक्त […]

बिराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार पाएको विवादस्पद विश्वासको मतविरुद्ध एमालेले सर्वोच्चमा रिट हाल्ने तयारी गरेको छ। प्रदेशसभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले समेत मत दिएर प्रदेशसभामा थापाले सरकार टिकाउन चाहिने न्युनतम ४७ मत पाएको घोषणा गरिएको थियो। उक्त विवादस्पद विश्वासको मत खारेजीको माग गर्दै आफूहरु रिट लिएर सर्वोच्च अदालत जाने तयारीमा जुटेको प्रदेशसभाका एमाले […]

काडमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थताको कारण देखाउँदै नगएपछि सर्वदलीय बैठक स्थगित भएको हो। ओली नगएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अध्यक्ष ओलीले ज्वरो आएकाले आजको बैठकमा उपस्थित हुन नसकेको जानकारी गराएका थिए। सुन तस्करी छानबिनका लागि बनाउने […]

काठमाडौं । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्किएलगत्तै पक्राउ परेका छन् । पक्राउलगत्तै अदालत पुर्याइएका उनलाई त्यसपछि जेल चलान गरिएको छ । दूरसञ्चार व्यवसायी थाक्सिन सिंगापुरबाट निजी विमान चढेर बैंकक पुगेका थिए । थाइल्याण्डको खाओसोद सञ्चार माध्यम एवं त्यहाँका सार्वजनिक सञ्चारमाध्यमका अनुसार उनी मंगलबार बिहान ९ बजे बैंकक पुगेका थिए । सिनावात्राले […]

जनकपुरधाम । धनुषाका कमला नगरपालिकासहित पाँच स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेनन्। बजेट बाँडफाँटमा विवाद भएपछि पाँच पालिकाले अझैं बजेट ल्याउन सकेका छैन। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्था अनुसार गाउँकार्यपालिका र नगरकार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम तथा बजेट गाउँसभा/नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ । […]

जनकपुरधाम ।जनमत पार्टीका केन्द्रिय सदस्य तथा गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय समितीका महासचिव डा.श्यामबाबु महतोको सहयोगमा हठिपुरका मनिकलालले कृतिम कुट्टा पाएपछी उनको जिवनमा खुसियाली छाएको छ। रेल दुर्घटनामा दुवै खुट्टा गुमाएका धनुषा शहिदनगर नगरपालिका वडा नम्बर ६ हठीपुर बस्ने मनिक लाल महराले रेल दुर्घटनामा दुवै खुट्टा गुमाएको खवरपछि महासचिव डा. श्यामबाबु महतोले नीजि खर्चमा दुवै […]

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नेपाल कांग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र पूर्वराज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ । पक्राउ पुर्जी जारी भएका तीनै जनालाई सीआईबीले हिजो साँझ छुट्टाछुट्टै बयान लिएको हो । बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको भन्दै सीआईबीले पूर्वमन्त्रीहरू […]

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक बसिरहेको छ । राष्ट्रपति निवास शीतल निवासमा जारी बैठकमा संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने अनुपस्थित छ । एमालेले राष्ट्रपतिले संविधानमा नभएको सक्रियता देखाउन खोजेको भन्दै बैठक बहिष्कार गरेको हो। बैठकमा एमालेबाहेक अन्य दलका शीर्ष नेताहरु सहभागी छन्। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति […]