०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

मधेश विशेष

जनमतको किसान आन्दोलन, राजमार्गमा चक्काजाम

सप्तरी, २० माघ । जनमत पार्टीले किसान आन्दोलनलाई निरन्तरता दिदै आज (विहिवार) सप्तरीको विभिन्न ठाउँमा चक्का जाम गरेका छन् । जिल्लाको भारदह, रुपनी र कठौना स्थित राजमार्गमा चक्का जाम गरिएको आन्दोलन समितिका संयोजक शिवनन्दन कुशवाहाले जानकारी दिए । उनका अनुसार भारदह स्थित प्रहरीले बाटो खुलाउने प्रयास गरेकाले समान्य घमसाघम्सी भएको हो । हिजो (बुधवार) विभिन्न […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१७ माघ।किसान आन्दोलनलाई निरन्तरता दिदै डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेशका जिल्लाहरुमा बयलगाडा जुलुस प्रदर्शन गरिएको छ । आन्दोलनको कार्यक्रमअन्तगर्तत पार्टीले आज (सोमबार) बयलगाडा जुलुस प्रदर्शन गरिएको पार्टीका महासचिव चन्दन सिंहले बताएका हुन् । सो पार्टीे किसानलाई समयमा मलखाद, बीउबिजन, सिँचाइको व्यवस्था गनुपर्नेलगायतका माग राख्दै आन्दोलनमा रहेको छ । सरकारले किसानको माग […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ माघ । तराई मधेसमा जारी किसान आन्दोलनको माग पूरा गर्न मधेशी आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आयोगकी निमित्त सचिव सविता डंगोलले आज विज्ञप्ती जारी गर्दै किसानहरुको आन्दोलनलाई यथाशिघ्र व्यवस्थापन गर्न तीनै तहका सरकारसँग अपिल गरेकी हुन् । बेचिएको उखुको मूल्य अविलम्ब उपलब्ध गराई किसानहरुको समस्या समाधन गर्नुपर्ने राज्यको प्रथम दायित्व रहेकोले […]

राजविराज, १५ माघ । जनमत पार्टीको नेतृत्वमा किसानहरुले आज (शनिवार) जन्जिर लगाएर प्रदर्शन गरेका छन् । पार्टीले घोषणा गरे अनुसार सप्तरीसहित विभिन्न ठाउँमा किसानहरुले जन्जिर लगाएर जुलुस सहित प्रदर्शन गरेको हो । पार्टीका नेता, कार्यकर्ता तथा समर्थक किसानहरुले समयमा मलखाद्यको व्यवस्था गर, सिचाईको व्यवस्था गर, उखु किसानको भुक्तानी गर, किसान कार्डको व्यवस्था गर, किसानमाथिको दमन […]

न्यूजमधेश डेस्क जनकपुरधाम । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका जिल्लाहरुमा जन्जिर (हतकडी) जुलुस निकालेको छ । किसानका माग पुरा गर्न निरन्तर आन्दोलनमा रहेको सो पार्टीले आन्दोलनकारीहरुलाई पक्राउ गर्न थालेको भन्दै जनमत पार्टीले जन्जिर जुलुस प्रदर्शन गरेका हुन् । जनमतका कार्यकर्ताहरुले धनुषा, सिरहा, महोत्तरी, सर्लाही लगायतका जिल्लामा आज दिउँसो हातमा जन्जिर बाँधेर सरकारविरुद्ध नाराबाजी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,११ माघ । किसान आन्दोलन अन्तर्गत आज मधेसका जिल्लाहरुमा उखु बोकेर प्रदर्शनमा उत्रिएको छ। पूर्व घोषित कार्यक्रम अन्तर्गत उखु जुलुस प्रदर्शन गर्ने जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जानकारी दिए । उनका अनुसार उखुको बाँकी रकम भुक्तानी गर भन्दै उखु बोकेर किसान र जनमतका कार्यकर्ताले जुलुस निकाल्नेछ । किसानलाई मलखाद समयमा सहज रुपले […]

जनकपुरधाम , ९ माघ । सप्तरीको राजविराजमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव विरुद्ध प्रदर्शन सहित पुतला दहन गरेका छन् । जनमत पार्टीका नेता, कार्यकर्ता तथा उनका समर्थहरुले आज (आइतवार) दशन चौक स्थित प्रदर्शन गर्दै मन्त्री यादवको पुतला दहन गरेको हो । रेणु यादवलाई बर्खास्त गर, जनमत पार्टी जिन्दावाद, सिके राउत जिन्दावाद, रेणु […]

न्यूजमधेश डेस्क जनकपुरधाम,७ माघ।किसान आन्दोलनको क्रममा पक्राउ परेका जनमत पार्टी धनुषा अध्यक्षसहित तीन जना रिहा भएको छ। रिहा हुनेमा जनमत पार्टी धनुषा अध्यक्ष ओम बिक्रम कुशवाहा,जिल्ला सहसचिव नवीन पण्डित र जिल्ला सदस्य चन्द्रकिशोर साह रहेको छ। रिहा हुनलगतै जनमत पार्टीका नेता कार्यकर्ताहरुले अध्यक्ष कुशवाहा,सहसचिव पण्डित र जिल्ला सदस्य साहलाई फुलमाला र अबिर लगाएर स्वागत गरेको […]