२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

विद्युतीय उपकरणका कारण जाँतो र सिलौटो बिक्री हुन छाडेपछि समुदायको पेशा नै सङ्कटमा

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२५ असार।नेपालमा लोपोन्मुख जातीको सूचीमा रहेको थवई जातीको पुर्ख्यौली पेशा सङ्कटमा परेको छ । जाँतो र सिलौटो बनाउने उहाँहरुको पुर्ख्यौली पेशा हो । आधुनिकतासँगै भित्रिएको दाल, गहुँ पिँध्ने मिल र मसला पिँध्ने विद्यतीय उपकरणका कारण जाँतो र सिलौटो बिक्री हुन छाडेपछि समुदायको पेशा नै सङ्कटमा परेको छ ।

धनुषाको सबैला नगरपालिका –९ भठिहनका ५५ वर्षीय जयराम थवईले जहाँतहीँ खुलेका विद्यतीय मिल र गाउँघरमा समेत मसला पिँध्ने ‘ग्राइण्डिङ्ग’ मेशिन छ्यापछ्याप्ती भएकाले ढुङ्गा खोप्ने अनि जाँतो र सिलौटो बनाउने पुर्ख्यौली पेशा संकटमा परेको बताउनुभयो । विगत ३० वर्षदेखि यही पेशाबाट जीविकोपार्जन गर्दै आउनुभएका जयरामले भन्नुभयो, “पहिला–पहिला एक दिनमा १०–१२ वटासम्म सिलौटो र जाँतो बिक्थ्यो । तर अहिले मुस्किलले दुई वटा पनि बिक्दैन ।”

एउटा सिलौटोको मुल्य चार सयदेखि छ सयसम्म र जाँचोको मुल्य एक हजारदेखि एक हजार पाँचसय रुपियाँसम्म बिक्री हुने गरेकोमा लागत मुल्यसमेत असुलउपर हुँदैन । एउटा जाँतो कोप्न दिनभर लाग्नेगरेको उहाँको भनाइ छ । त्यस्तै, दिनभरमा दुई वटासम्म सिलौटो खोप्न सकिन्छ, जयरामले भन्नुभयो ।

आफूले गर्दैआएको पेशाबाट आम्दानी हुन छाडेपछि वैदेशिक रोजगारीको सिलसिलामा दुई पटक कतार गएको तर दुबै पटक स्वास्थ्य जाँचमा फेल भएपछि एक महिनामै फर्केर आउनुपरेकाले साहूको ऋण लागेको उहाँले सुनाउनुभयो ।

भठिहन चौकमा सानो छाप्रो हालेर ढुङ्गा खोप्दै आउनुभएका जयरामको सात जनाको परिवार छ । परिवारका सबै सदस्य यही पेशामा छन् । सिलौटा र जाँतो बनाउन गुणस्तरीय ढुङ्गा नेपालमा नपाउँदा बढी समस्या परेको उहाँहरुको भनाइ छ । उदयपुर जिल्लाको कटारीस्थित पहाडमा यस्तो ढुङ्गा पाउने गरेको भएपनि वन कर्मचारी र वन समितिले ल्याउन नदिएको जयरामले बताउनुभयो ।

जयरामको जेठो छोरा अजय थवईका अनुसार भारतको जयपुर र राजस्थानबाट ढुङ्गा आयात गरेर सिलोटो र जाँतो बनाउँदा लागत मुल्य बढ्न गई व्यापार घाटा हुनेगरेको छ । घोडा र गधालाई बोकाएर गाउँटोल चहारेर तथा पसल थापेर यी सामग्री बिक्री गर्दैआएका अयजले भन्नुभयो, “नेपालमा लोपोन्मुख जातीको सूचिमा रहेकाले सरकारले मासिक भत्ता दिँदैआएको छ । आफ्नै नाउँमा जमिन उपलब्ध गराइदिएको भए घर बनाएर बस्थेँ ।” नेपालमा थवई जातिको सङ्ख्या दुई सय घरधुरी मात्र रहेको तथ्याङ्कमा उल्लेख छ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]