न्यूजमधेश डेस्क जनकपुरधाम, २ फागुन । विभिन्न पार्टी परित्याग गरि करीब एक सय भन्दा बढी व्यक्ति जनमत पार्टीमा प्रवेश गरेका छन् । आइतबार जनमत पार्टी धनुषाले आयोजना गरेका कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् । नव प्रवेशीलाई जनमत पार्टी राष्ट्रिय अध्यक्ष डा। सीके राउतले अबीर फुल माला लगाएर स्वागत गरे । […]
न्यूजमधेश डेस्क काठमाडौं,१ फागुन । तत्कालीन एकीकृत माओवादीबाट बाबुराम भट्टराई बाहिरिएसँगै पुष्पकमल दाहाल प्रचण्डु र बाबुराम एउटै मञ्चमा बस्न १६ महिनापछि मात्रै तयार भए । चार वर्षको अन्तरालमा उनीहरू शनिबार फेरि एउटै मञ्चमा उपस्थित भएका छन् । बाबुरामको पुस्तक पुस्तक ‘गुमनाम आमाहरूका कथा’ विमोचन कार्यक्रमबाट प्रचण्डले बाबुराम-प्रचण्ड चाहेर पनि अलग हुन नसक्ने धारणा राखे । […]
न्यूजमधेश डेस्क काठमाडौं,१ फागुन । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्बौ भ्रष्टाचार गरेको खुलासा भएको छ । नेकपा ओली समूहका स्थायी कमिटि सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालमा प्रचण्डले १९ अर्ब बढी रकम अनियमितता गरेको बताउदैँ त्यसको हिसाबकिताब गर्ने समय आएको बताएका हुन्। बुटवलमा पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै […]
न्यूजमधेश डेस्क काठमाडौं,२९ माघ । प्रचण्ड नेपाल नेतृत्वको नेकपाकी महिला नेत्री रामकुमारी झाँक्री रिहा भएकी छिन्। महानगरीय अपराध महाशाखाले उनलाई सोधपुछ गरी छाडेको प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दीपक थापाले जानकारी दिए। श्रीमान पशुपति पुरीको रोहवरमा उनलाई छाडिएको प्रहरीले जनाएको छ। सोधपुछको क्रममा उनले संवैधानिक राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि पनि उत्तिकै रहने बताएकी थिइन्। […]
न्यूजमधेश डेस्क काठमाडौं,२९ माघ। जनताले करिब दुई तिहाइ मत दिएर जिताएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले यतिबेला तिनै जनतालाई सडकमा उतारेर आफ्नो शक्ति देखाउने होड चलाएको छ । प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको सरकार र आन्दोलनरत पक्ष दुवै समूहले आफ्नो पक्षमा ठूलो जनलहर रहेको देखाउन अनेकन रणनीति अपनाइराखेका छन् । उनीहरुले भनिरहेका छन्– देख्यौ तिम्रो भन्दा […]
न्यूजमधेश डेस्क काठमाडौं ,२९ माघ। नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पाप कसैले धोइपखाली गर्न नसक्ने बताएका छन् । बुधबार प्रधानमन्त्री ओलीको प्रतिगामी कदमविरुद्ध आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै नेपालले ओलीले संविधानको हत्या गरेपछि उनी पशुपति धाउन थालेपनि उनलाई पशुपतिनाथले समेत रक्षा गर्न नसक्ने बताए । अध्यक्ष नेपालले देशैभर भएका ओली विरुद्धका […]
न्यूजमधेश डेस्क पर्सा ,२६ माघ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्रनारायण निधिले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने बताउनुभएको छ । उहाँले सरकारकोे असंवैधानिक निर्णयबाट सिर्जना भएको राजनीतिक संवैधानिक सङ्कटको समाधान प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने प्रष्ट पार्नुभयो । कांग्रेस बुथ कमिटी बगहीले आइतबार वीरगञ्ज महानगरपालिका–२८ बगहीमा आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश […]
न्यूजमधेश डेस्क काठमाडौं,२३ माघ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका अध्यक्ष प्रचण्डले जनपक्षीय पार्टीको विकासका लागि विचार, नीति र कार्यदिशामा नै सही हुनुपर्ने बताउनुभएको छ । ललितपुरमा आज आयोजना गरिएको जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “एउटा पार्टी राम्रो हुँदै जान्छ वा नराम्रो हुँदै जान्छ । […]