काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्रीले बोलाभएको बैठकमा आफूले गरिबी निवारणमा चीनले पाएको सफलताबाट नेपालले गरिबी मुक्त देश बनाउनुपर्ने बारेमा चीनको अनुभव लिन सुझाव दिएको बताएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न अमेरिका र चीन भ्रमणबारे सुझाव लिन बोलाएको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राउतले गरिबी निवारमा […]
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन दुरूपयोग भएको भन्दै युवाहरु विरोध गर्दै सडकमा उत्रिएको छ। शनिबार एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मधेशका राजधानी जनकपुरधामको भानु चौकमा सडकमा गुडेका सरकारी गाडीलाई रोकेर ट्राफिक प्रहरीलाई बुजाएको छ । आज देशभर सार्वजनिक विदाको दिन गाडी चलाउन नदीने राष्ट्रिय युवा संघ नेपालका […]
राजविराज । सप्तरीको चार पालिका अहिले कार्यवाहक प्रमुखको भरमा सञ्चालन हुँदै आएको छ । प्रमुख र अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेपछि तीन नगरपालिका र एक गाउँपालिकामा अहिले उपप्रमुख र उपाध्यक्ष कार्यवाहक प्रमुख भएर पालिका सञ्चालन गर्दै आएका छन् । सप्तरीको राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका, शम्भुनाथ नगरपालिकाका प्रमुख तथा विष्णुपुर गाउँपालिकाका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग […]
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले सङ्घीय प्रशासन प्रणाली थप मजबुत बनाउन सङ्घीय निजामती सेवा ऐनको भूमिका महत्त्वपूर्ण हुने बताएकी छिन्। आज सिंहदरवारमा २० औँ निजामती सेवा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्राविधिक कारणले सङ्घीय निजामती सेवा ऐन आउन ढिलाइ भएपनि सरकारले मन्त्रीपरिषदबाट पास गरी संसदमा पठाउने निर्णय भइसकेको भन्दै […]
जनकपुरधाम । मधेस प्रदेशलाई सन् २०३० सम्ममा बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्यसहित अगाडि बढेको मधेस प्रदेश सरकारले ल्याउन लागेको बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि, २०८० को मस्यौदामाथि छलफल भएको छ । मधेस प्रदेश राजधानी जनकपुरधाममा बिहीबार आयोजित कार्यविधिमाथि सरोकारवालाको राय सुझावसम्बन्धी परामर्श कार्यक्रममा प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले प्रदेशमा बालविवाह समस्या अन्त्यका लागि योजनाबद्धरूपमा कामकाज […]
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा एक कार्यक्रमबाट बाहिरिने क्रममा सांघातिक आक्रमण गरेको छ। बुधबारमा रिपोर्टर्स क्लव भृकुटीमण्डपमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा सहमहामन्त्री महेन्द्र यादवमाथि एकजना व्यक्तिले धारिलो हतियारले सांघातिक आक्रमण गरेका छन् । सहमहामन्त्री यादव कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेका थिए । काठमाडौं […]
काठमाडौं । गत शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने भन्दै फेसबुकबाट धम्की दिएको प्रसंग सरकारी गाडी प्रयोगसँग सम्बन्धित भएको विषय त धेरैले थाहा पाइसके । बालेनले जिल्ला प्रशासन कार्यालयबाट शनिबार पनि चलाउन मिल्ने गरी गाडीको पास लिएको भए पनि त्यतिवेला चालकले पास बोकेका थिएनन् । सरकारी गाडी दुरुपयोग गरेको र अराजक […]
जनकपुरधाम ।धनुषामा विभिन्न पार्टी परित्याग गर्दै सयौंको संख्यामा नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन्। मंगलबार जनमत पार्टी धनुषाले महेन्द्रनगरमा आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका पाँच सय भन्दा बढि नेताकार्यकर्ताहरुले जनमतमा प्रवेश गरेका हुन। पार्टी प्रवेश गर्नेमा नेपाल समाजवादी पार्टी (नेसपा) का धनुषा जिल्ला अध्यक्ष पवन मण्डलको नेतृत्वमा नेसपाका जिल्ला कार्यसमिति ,केन्द्रिय सदस्य […]