२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

राजनीति

बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको २० घण्टे अल्टिमेटम

न्यूजमधेश डेस्क काठमाडौं,२५ असोज । सत्तारुढ गठबन्धनले गठबन्धनविरुद्ध परेका बागी उम्मेदवारी फिर्ता लिन २० घन्टाको समय दिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् । ‘आगामी […]

न्यूजमधेश डेस्क धरान ,२५ असोज। मंसिर ४ गते हुने प्रदेश सभा सदस्य पदमा सुनसरी क्षेत्र नम्बर-१ (ख) मा दाजुभाईबीच चुनाबी प्रतिस्पर्धा हुने भएको छ। यस क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एस पार्टीका धरान अध्यक्ष रेवतरमण राई र एमाले-जसपा गठबन्धनबाट एमालेका प्रदेश सचिवालय सदस्य विजय राई चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। चुनाव अगाडि एक अर्कालाइ सहयोग गर्ने […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ असोज। प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् । यसका लागि कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले दिउँसो सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरुलाई भेट्दैछन् । गठबन्धनमा आवद्ध दलका नेताहरुको पनि जसपाका मन्त्रीहरुलाई हटाउनुपर्नेमा जोड छ । एक नेता भन्छन्, ‘एमालेसँग सहकार्य गरेका छन् र चुनावपछि पनि […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२४ असोज । नेकपा एमालेबाट धनुषा क्षेत्र नम्वर २ मा उम्मेदवार बनेका पूर्वमन्त्री उमाशंकर अरगरियाप्रति जनतामा क्रेज बढ्दै गएको छ । ०७४ मा भारी मतले विजयी भएका अरगरियाको पक्षमा यो पटक पनि जनलहर बढ्दै गएको छ । उनको उम्मेदवारी दर्ता गराउन हजारौं जनता उर्लिका थिए । अन्य पार्टीका नेता कार्यकर्ता पनि अरगरियालाई जिताउन […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२३ असोज।जनमत पार्टीका केन्द्रिय सदस्य ई.शम्भु नाथ साहले धनुषा ३ बाट उम्मेदवार दर्ता गराएका छ्न। उनले आइतबार मुख्य निर्वाचन अधिकृत कार्यलय पुगेर प्रतिनिधि सभाको लागि उम्मेदवारी दर्ता गराएका हुन। पाँच दलीय गठबन्धबाट लोसपाका नेता अनिल झा र नेकपा एमालेबाट जुलिकुमारी महतोले उम्मेदवारी दर्ता गराएकी छिन् । यसअघि २०७४ सालको निर्वाचनमा तत्कालीन राजपाबाट राजेन्द्र […]

न्यूजमधेश डेस्क राजविराज ,२३ असोज। जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले निर्वाचनबाट जनमत हासिल गर्ने दावी गरेका छन् । सप्तरीको राजविराजमा आइतवार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘भ्रष्टाचारलाई विरोध गर्ने एक मात्र पार्टी जनमत हो, अख्तियारको कार्यालय घेराउदेखि भ्रष्टाचारीलाई कारवाही हुनुपर्छ भनेर विरोध गर्ने पनि हामी नै हो’ उनले भने, ‘त्यसैले […]

न्यूजमधेश डेस्क काठमाडौँ ,२३ असोज।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ३ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । आइतबार बिहान निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर ओलीले मनोनयन दर्ता गरेका हुन् । झापाका १, २, ४ र ५ मा एमाले तथा क्षेत्र नम्बर ३ मा राप्रपा मिलेर चुनाव […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ असोज। नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झा टिकटबाट बञ्चित भएका छन् । धनुषा क्षेत्र नम्वर २ बाट उम्मेदवार बन्ने आकांक्षा झाले राखेका थिए । पार्टीबाट सर्वसम्मत उम्मेदवार सिफारिस पनि भएका झा अन्ततः टिकटबाट बञ्चित भएका हुन् । सत्ता गठबन्धनको सिट बाँडफाँडमा धनुषा क्षेत्र नम्वर २ नेपाली कांग्रेसको भागमा […]