१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

राजनीति

जसपाका केन्द्रिय सदस्य सुरेन्द्र मण्डल जनमतमा प्रवेश

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ असोज।जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय सदस्य सुरेन्द्र कुमार मण्डल जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। शुक्रबार जनकपुरधामस्थित रहेको पार्टीको केन्द्रीय सचिवालयमा एक कार्यक्रम बिच जसपाका केन्द्रिय सदस्य सुरेन्द्र कुमार मण्डल र नेता सुरेश कुमार साहले जनमत पार्टीमा प्रवेश गरेका हुन। उहाँ दुबै जनालाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र अबिर […]

न्यूजमधेश डेस्क काठमाडौं ,१३ असोज।सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा करिब सहमति जुटेको छ । बुधबार अबेरसम्म बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भागबण्डामा करिब करिब सहमति जुटाएको हो । सहमतिअनुसार जसपाले सुनसरी १, सप्तरी, १, सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २, बारा ३, पर्सा १ र २, काठमाडौं ७, […]

न्यूजमधेश डेस्क काठमाडौं,१२ असोज । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा चटारो परेको छ । त्यसका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्न लागेको हो । बैठकले सिट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ । मंगलवार बालुवाटारमा बसेको कार्यदलको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ असोज।भैरहवाका समाजसेवी बिनोद यादव जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। रुपन्देहीको भैरहवामा आयोजित एक कार्यक्रमबिच समाजसेवी बिनोद यादव जनमतमा प्रवेश गर्नुभएको हो। समाजसेवी यादवलाई जनमत पार्टीका केन्द्रिय सचीव भोपेन्द्र प्रसाद यादवले फुलमालाको साथै खादा लगाएर पार्टीमा स्वागत गरेको पार्टी का नेता रामकेश गुप्ताले जानकारी दिनुभएको हो।

न्यूजमधेश डेस्क झापा ,९ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन जनता प्रति अत्यन्त गैर जिम्मेवार भएको बताउनुभएको छ । नेकपा एमालेले झापाको दमकमा आइतबार आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनले विकासका योजना काटेर देश विकासको कामलाई अवरुद्ध गरेको बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रम अघोषित रूपमा गठबन्धनले खारेज […]

न्यूजाधेश डेस्क जनकपुरधाम ,८ असोज। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्व मन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले धनुषाले तिनकौरियामा आयोजना गरिएको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नेता अरगरियालाई पार्टीमा स्वागत गर्नुभएको हो । ०७४ मा धनुषा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव नेतृत्वको तत्कालीन […]

न्यूजमधेश डेस्क काठमाडौं,४ असोज । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सकस खेपिरहेको सत्ता गठबन्धन मंगलबारदेखि पुनः छलफलमा जुटेको छ। तर, विगतझैं गठबन्धनमा आबद्ध दलका नेताहरुको आ–आफनै अडानले मंगलबार बसेको दुई चरणको बैठक पुनः निष्कर्षविहीन भएको छ। नेताहरु थप गृहकार्यसहित बुधवार छलफलमा बस्ने भएका छन्। यसअघि पनि गठबन्धनले घण्टौसम्म दैनिकजसो यस्ता बैठकहरु गर्ने […]

न्यूजमधेश डेस्क काठमाडौं ,३० भाद्र।सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेश गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँड टुंग्याउने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक बसेर क्षेत्र (सिट) बाँडफाट टुंगो लगाउने समझदारी बनेको छ। सहमति जुट्न नसकेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छोड्ने चेतावनी यसअघि नै […]