१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

राजनीति

धनुषा निर्वाचन क्षेत्र नं. २ मा लोसपाबाट पुर्व मन्त्री उमाशंकर अरगरिया सिफारिस

न्यूजमधेश डेस्क जनकपुरधाम,१८ भाद्र । आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अरगरिया उम्मेदवार सिफारिस भएका छन् । लोसपा धनुषा क्षेत्र नं. २ को क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्यका लागि अरगरियाको एकल नाम सिफारिस गरेको हो । ०७४ मा अरगरिया […]

न्यूजमधेश डेस्क काठमाडौं,१६भाद्र । जिउँदो मान्छेलाई इँटा भट्टामा हालेको आरोप लागेका र अहिले थुनामा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस रौतहट क्षेत्र नम्बर –२ समितिले प्रतिनिधि सभाको उम्मेदवारका लागि आलमकै मात्रै नाम सिफारिस गरेको कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए । आलम यसअघि रौतहट २ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ भाद्र। जनता समाजवादी पार्टी (जसपा) नेता रेणु यादवका छोरा तथा प्रदेश सांसद अभिषेक यादव यस पटक उम्मेदवार सिफारिसमै छुटेका छन् । उनले विगतमा आफू निर्वाचित भएकै सप्तरी ४ को ‘ख’ बाट उम्मेदवार दोहोरिन चाहेका थिए । तर १२ भदौमा बसेको क्षेत्रीय समितिको बैठकले प्रदेशसभा सदस्य उम्मेदवारमा अनिरुद्रकुमार सिंह यादवको नाम एकल […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ भाद्र। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता प्रगतिशील पार्टी नेपालबीच आसन्न आम निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको छ । मंसिर ४ गते हुने आम निर्वाचनमा जनता प्रगतिशील पार्टीसँग गठबन्धन गर्ने सहमती भएको लोसपा प्रमुख सचेतक तथा वार्ता समितिका संयोजक उमाशंकर अरगरियाले जानकारी दिए । गठबन्धन गर्ने सहमती पत्रमा लोसपाको तर्फबाट वार्ता […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ भाद्र । आगाी प्रतिनिसभा निर्वाचनका लाथि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको नाम बाराबाट सिफारिस भएको छ । उनको नाब बारा क्षेत्र नम्बर २ बाट सिफारिस भएको हो । यादव यसअघि ०७४ निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर त्यहाँबाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले […]

न्यूजमधेश डेस्क कपिलवस्तु ,१३ भाद्र। जसपा र लोसपाका नेताहरू जनमत पार्टीमा प्रवेश गरेका छन् । कपिलवस्तुको तौलिहवामा सोमबार आयोजित एक कार्यक्रममा जसपाको अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष नरसिंह चौधरी र लोसपाका केन्द्रिय सदस्य राजेन्द्र गुप्तासहितका नेताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन। उनी नेपाल सद्भावना पार्टीका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा संविधानसभा सदस्य गुप्तासमेत हुन् । त्यस्तै जसपाका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ भाद्र।लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेन्द्र गुप्तासहित विभिन्न पार्टीका दर्जनौं नेता जनमत पार्टीमा प्रवेश गरेका छ्न। जनमत पार्टी कपिलवस्तुले तौलिहवामा आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका गुप्तासहित विभिन्न पार्टीका दर्जनौं नेताहरु जनमत पार्टीमा प्रवेश गरेका पार्टीका राष्ट्रिय सचीव भोपेन्द्र प्रसाद यादवले जानकारी दिएका हुन। […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ भाद्र। जनता समाजवादी पार्टी (जसपा)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि सवै सिटमा उम्मेदवार चयन गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्वर १ वाट प्रतिनिधिसभाकालागि दीपक कार्कीको नाम सिफारिस गरिएको छ भने १ को ‘क’ वाट सुकेश्वर यादव र व्रम्हदेव महतो रहेका छन् । त्यस्तै ‘ख’ वाट सुरेन्द्रकुमार […]