१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

राजनीति

नेकपा एमालमा प्रवेश गर्दै लोसपाका सचेतक अरगरिया

न्यूजमधेश डेस्क काठमाडौं,३० भाद्र। लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य तथा सचेतक उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन्। आफू एमाले प्रवेश गर्न लागेको उनले पुष्टि गरे। अरगरियालाई पार्टी प्रवेश गराउनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली यही असोज ८ गते अरगरियाको क्षेत्र धनुषा-२ जाने बताइएको छ। २०७४ को निर्वाचनमा अरगरिया धनुषा-२ बाट तत्कालीन […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एमाले पार्टी मधेशीहरुको पार्टी रहेको बताएका छ्न। सोमबार जनकपुरधाममा नेकपा एमाले धनुषाले आयोजना गरिएको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष ओलीले नेकपा एमाले पार्टी मधेशीहरुको पार्टी रहेको बताएका हुन। उनले यहाँ बसेका दुई चार जना मात्रै टोपी लगाएको पहाडी […]

न्यूजमधेश डेस्क कमला,२६ भाद्र।जनमत पार्टीले जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरीमा वडा कमिटी गठन गरिएको छ। आइतबार खजुरी चन्हामा एक कार्यक्रम बिच अभिनास पण्डितको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरेको प्रेस जनमत संघका केन्द्रिय सदस्य राजेन्द्र महराले जानकारी दिएको छ। कमिटीको उपाध्यक्ष हरि म्किशोर साह,महिला उपाध्यक्षमा अनिता कामत ,सचीवमा राम औतार साह,सहसचिवमा राहुल मण्डल […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ भाद्र।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेस नवलपुरले आयोजना गरेको जनताका साथमा कांग्रेस अभियानको समापन तथा बिपी जयन्ती कार्यक्रममा सहभागी हुन आउनुभएका कोइरालाले सो धारणा व्यक्त गरेका हुन् । कोइरालाले भने, ‘ नेपाली कांग्रेस एक्लै चुनावमा जाँदा पनि बहुमत नजिक पुग्छ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२४ भदौ । नेपाली कांग्रेसको मधेश प्रदेश कार्य समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ। सत्तारूढ गठबन्धनमा रहेका दलमध्ये मधेशमा सबैभन्दा धेरै जनाधार कांग्रेसको रहेकाले ६० प्रतिशत सिट पाउनुपर्ने निर्णय गरेको प्रदेश प्रचार प्रसार समिति प्रमुख नितेश गुप्ताले जानकारी दिए। बैठकले जिल्लाबाट आएका सबै उम्मेदवारको सिफारिसलाई […]

न्यूजमधेश डेस्क कमला,२१ भाद्र।धनुषा निर्वाचन क्षेत्र नं.२ ‘क’ मा नेपाली कांग्रेस धनुषाले मंसिर ४ गते हुने आम निर्वाचनका लागि राजेश्वर गोइतसहित ४ जनाको उम्मेदवार सिफारिस गरिएको छ। नेपाली कांग्रेस धनुषा जिल्ला सचीव कन्हैया कर्णका अनुसार प्रदेशसभामा प्रत्यक्षतर्फ क्षेत्र नम्बर-२ को (क) मा राजेश्वर गोइत, दिनेशकुमार यादव, धर्मनाथ यादव र रामउदगार यादवको नाम सिफारिस गरिएको छ। […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२१ भाद्र । नेकपा (माओवादी केन्द्र) धनुषाले शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवको नाम प्रदेश सभामा सिफारिस गरेकाे छ । मंगलबार बसेको जिल्ला कमिटी बैठकले निर्वाचन क्षेत्र नं. १ को ‘क’ बाट उनको नाम सिफारिस गरेको हो । मन्त्री यादवसहित जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव ‘दीपक’ र रोशन यादवको नाम सिफारिस गरिएको छ […]

न्यूजमधेश डेस्क धनुषा ,२० भाद्र।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अबको दुई/तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने बताउनुभएको छ । पार्टीको कार्यक्रमका लागि सोमवार जनकपुरधाम आइपुग्नुभएका अध्यक्ष दाहालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा रहेको बताउनुभयो । ‘गठबन्धनको सिट बाँडफाँट अध्ययन कार्यदलले अध्ययन गरिरहेको छ’, उहाँले भन्नुभयो, ‘कार्यदलले आज […]