२१ मंसिर २०८१, शनिबार
07-12-2024 , Sat
×

राजनीति

‘अब बन्ने सरकारको प्राथमिकता संविधान संशोधन’

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले)बीच नयाँ सरकार गठनका लागि भएको सहमतिलाई दृढताका साथ कार्यान्वयन गर्न निर्णय गरेको छ । नेपाली कांग्रेसको संसदीय दलको आजको बैठकले दुई पार्टीबीच सरकार गठन गर्न भएको सहमतिलाई समर्थन र स्वागतसहित अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो । उहाँले अब संविधानको […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसद्को बाँकी कामकारबाहीका विषयमा छलफल केन्द्रित सचेतक निशा डाँगीले जानकारी दिनुभएको छ । “संसदमा बजेट अधिवेशन सकिएका छ । अन्य विधेयकको तयारीका विषयमा बैठकमा छलफल गर्नेछौँ”, प्रमुख सचेतक सन्तोष परियारले भन्नुभयो, […]

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी अध्यक्ष एवम संसदीय दलका नेता राईले प्रधानमन्त्री प्रचण्डलाई पत्राचार गर्दै आफ्नो दलको शुक्रबार बसेको बैठकको निर्णय अनुसार शुक्रबारदेखि नै लागू हुनेगरी फिर्ता लिएको जानकारी गराएका हुन् । साथै जसपाले प्रतिनिधि […]

जनकपुरधाम । नेकपा एमालेले मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहलाई विश्वासको मत दिन आफ्ना सांसदमाथि ह्विप जारी गरेको छ । प्रदेश सभाबाट शनिबार विश्वासको मत लिन लागेका मुख्यमन्त्री सिंहको पक्षमा मतदान गर्न एमालेले ह्विप जारी गरेको हो । मधेस प्रदेश एमाले संसदीय दलका नेता एवं भौतिक मन्त्री सरोजकुमार यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदलाई […]

जनकपुरधाम । संघीय गठबन्धन फेरिएसँगै प्रदेशमा समेत सरकार परिवर्तन हुन लागेको बखत मधेश प्रदेशमा जनमत नेतृत्वको सरकारलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शनिबार अनिवार्य रुपमा विश्वासको मत लिनुपर्ने छ । मधेश प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको शनिबारको कार्यसूचीमा बिहान ११ बजे मुख्यमन्त्री सिंहले विश्वासको मत लिने उल्लेख […]

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार राजीनामा दिने तयारी गरेका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले आइतबार संसद बैठकबाट राजीनामा दिन लागेको ब्रिफिङ गरेका हुन् । ‘दुई ठुला दल मिलेपछि कसैको केही लाग्दैँन । आइतबार संसद बैठकबाट राजीनामा दिन्छु । माओवादी अव प्रतिपक्षमा बस्न तयार छ, ’ उनले आज बसेको मन्त्रिपरिषद्को […]

सुनसरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि संसदका दुई ठूला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकार गठनका लागि मिलेको बताउनुभएको छ । बिहिबार नेपाली कांग्रेस इटहरीको दोस्रो नगर सम्मेलनमा उहाँले नयाँ सरकार गठनपछि संविधान संशोधन हुने र यसका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लगायतका दलको सहयोग आवश्यक हुने बताउनुभयो […]

जनकपुरधाम । जनमत पार्टीले पालिका अधिवेशन सर्वसम्मतिबाट शान्तिपूर्ण रूपमा हुन सके मात्रै सम्पन्न गर्न पालिका समितिलाई निर्देशन दिएको छ । सो पार्टीले बिहीबार सम्बन्धित पार्टी संगठनलाई उक्त निर्देशन दिएको हो । जनमत पार्टीले पालिका अधिवेशन गर्दैछ । सो अधिवेशनका क्रममा कतिपय ठाउँमा विवाद तथा पार्टी हितविपरीत कार्य हुने गरेको प्रति पार्टीको ध्यानाकर्षण भएको पार्टीका उपाध्यक्ष […]