१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

राजनीति

संसदमै अनसन बस्ने सांसद अब्दुल खानको चेतावनी

काठमाडौं । जनमत पार्टीको संसदीय दलका उपनेतामा अब्दुल खानले संसदमा अनसन बस्ने चेतावनी दिएका छन्। बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जबदीघाटको पुल नबनेको भन्दै सासंद खानले यस्तो चेतावनी दिएका हुन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले विकास निर्माणको कामलाई तीव्रता दिन सरकारलाई आग्रह गरे । सांसद खानले भने,‘बर्दियाको गुलरिया नगरपालिका र […]

जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीका भातृसंगठन युवा जनमत संघको वीरगन्जमा भेटघाट कार्यक्रम सम्पन्न भएको हो। युवा जनमत संघ वीरगन्ज महानगरपालिकाका अध्यक्ष संजय सिंहको अध्यक्षतामा शनिबार भएको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम संघको केन्द्रिय संयोजक संजय यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। सो भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका युवा नेता मनोज साहको पहलमा […]

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आज सचिवालय बैठक बस्दैछ। समसामयिक बिषयमा छलफल गर्नको लागि अध्यक्ष डा. सिके राउतले पार्टी कार्यालयमा बस्नेगरी सचिवालयको बैठक बोलाएको प्रवक्ता डा. शरद यादवले बताए। उनका अनुसार बैठकमा संगठन, हुँदै गरेको वडा अधिवेशन, मधेश सरकारबाट बाहिरिएपछि आवस्था, उपनिर्वाचन लगाएको बिषयमा छलफल हुनेछ। गठबन्धनप्रति असन्तुष्टि जनाउँदै जनमतले मधेश सरकारबाट बाहिरिसकेको […]

काठमाडौं ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्यका पदाधिकारी तथा सम्बद्ध सबैले सार्वभौमसत्ता सम्पन्न नेपाली जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताएका छन्। नेपालको संविधानले नै राज्यशत्तिको मूल स्रोत र सार्वभौमसत्ता नेपाली जनतामा निहित गरेको भन्दै जनताको मन दुख्ने कुनै व्यवहार र काम कसैले पनि गर्न नहुने उपप्रधानमन्त्री खड्काको भनाइ छ। रक्षामन्त्रीसमेत रहेका खड्काले आज नेपाली सैनिक […]

जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट राजीनामा दिएको छ । मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा पत्र प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाएको छ। मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका […]

भैरहवा । जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले मधेशी शहीदहरुको सपना अझै पूरा नभएको बताएका छन् । पार्टीले बलिदानी दिवसको अवसरमा शुक्रबार रुपन्देहीको मर्चवारी गाउँपालिका–७ स्थित बगौलीमा आयोजना गरेको दीप प्रज्जवलन कार्यक्रममा बोल्दै सचिव यादवले यस्तो बताएका हुन् । उनले भने, ‘मधेश विद्रोहदेखि अहिलेसम्म मधेशी शहीहरुको सपना पुरा भएको छैन । त्यसले अब जनमत […]

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले अधिकार अझै नपाएको भन्दै आन्दोलनका लागि तयार हुनुपर्ने बताएका छन् । सिरहाको लहानस्थित शहिद रमेश महतोको शालिकमा माल्यार्पण र श्रद्धाजली दिदै उनले भने, ‘रमेश महतो सहादत दिएको १७ वर्ष वित्यो । संघीयता आयो । तर अधिकार पाएनौं । विभेद पनि कायमै छ । त्यसैले जनमत पार्टी संघर्षका […]

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन अभिसाप भएको बताएका छन् । पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तौ बताएका हुन् । अध्यक्ष ओलीले सत्ता गठबन्धनको सरकार देशका लागि कुनै पनि हिसाबले हितकर नरहेको दाबी गरे। उनले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन […]