०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

राजनीति

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

न्यूजमधेश डेस्क काठमाडौं,२९ भाद्र। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्। नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत बिहीबार नेपाल आएकी सुमारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए) का पदाधिकारीसँगको छलफलमा यस्तो चेतावनी दिएकी हुन्। आफ्नो चारदिने भ्रमणमा सुमारले प्रधानमन्त्री […]

न्यूजमधेश डेस्क काठमाडौं ,२७ भाद्र। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मनमुटाब सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक दुई दिनभित्रै सरकारलाई पूर्णता दिनेगरि छलफल बढाएसँगै जसपाका नेताहरु यादव र भट्टराईबीच खटपट सुरु भएको हो । स्रोतका अनुसार डा. भट्टराईले यादवलाई सरकारमा नेतृत्व गरेर नजान भनेका छन् […]

न्यूजमधेश डेस्क काठमाडौं ,२७ भाद्र । प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ। आइतबारको बैठकमा पनि नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्। प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले बिरोध जनाएको थिए। सभामुख अग्नीप्रसाद सापकोटाले आफ्नो पार्टी फुटाउन भूमिका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ भाद्र। जनता समाजवादी पार्टीका १७ प्रदेशसभा सदस्यले लोकतान्त्रिक समावजादी पार्टी रोजेका छन्। जसपा फुटेर लोसपा गठन भएपछि १७ प्रदेश सांसदले लोसपाका पक्षमा सनाखत गरेका हुन्। निर्वाचन आयोगले लोसपाका पक्षमा सनाखत गरेका १७ प्रदेशसभा सदस्यलाई राजनीतिक दलसम्बन्धी अध्यादेश र प्रचलित कानुन अनुसार लोसपाका प्रदेशसभा सदस्यका रूपमा मान्यता दिएको छ। आयोगका अनुसार प्रदेश २ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ भाद्र । विशेष अदालतले ३ असार २०७२ मा धनुषाका तत्कालिन जिल्ला विकास समितिका सह लेखापाल जीबनाथ चौधरीलाई भ्रष्टाचारी ठहर गरे । भ्रष्टाचार गरेको ठहर गर्दै विगो बमोजिमको रकम रु ६ लाख ७५ हजार असुल गरी ४ महिना कैद सजाय गर्न अदालतले फैसला गरेको थियो । चौधरीले उक्त निर्णयबिरुद्व सर्वाेच्च अदालतमा पुनरावेदन गरेका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ भाद्र । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले सरकारले एमसीसी बारेमा सुझाब मांगेपछी हामि दिने बताउनु भएको छ । उनले भने , ‘ एमसीसी हाम्रो एजेण्डाभित्र पर्दैन् । हामीले उठाउनुपर्ने हजारौं एजेण्डा छन् । त्यस विषयमा त बोलिरहेकै छु ।’ अध्यक्ष डा. राउतले एमसीसी विषयमा हामीले बोलेर पनि केहि नहुने […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ भाद्र। जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुको सूची तयार गरेका छन् । अध्यक्ष यादव निकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा मन्त्रिमण्डल बिस्तार गरे पहिलो चरणमा दुईजनाको मात्रै नाम दिने सोच उनले बताएका छन् । दोस्रो चरणमा चारजनाको नाम दिने भएका छन् […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ भाद्र ।राजनीतिक परिवर्तनको आन्दोलनमा सहिद भएका परिवारलाई सरकारले ३ हजारको महिना दिने घोषणा गरेको छ । शुक्रबार संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विभिन्न आन्दोलनमा शहिद भएकाको परिवारलाई जीवनवृत्ति बापत मासिक ३ हजार प्रदान गर्ने व्यवस्था गरेको उनले बताए । यस्तै मृगौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र […]