१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

समाज

भारतीय सवारी साधनको तथ्याङ्क सङ्कलन गरिने

न्यूजमधेश डेस्क सर्लाही ,२१ कार्तिक । प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा गैरकानूनी धन्दा न्यूनीकरण गर्न प्रहरीले भारतीय नम्बर प्लेटका सबै प्रकारका सवारीसाधनको तथ्याङ्क सङ्कलन गर्न लागेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार छठ पर्व सकिएलगत्तै […]

न्यूजमधेश डेस्क महोत्तरी, १७ कार्तिक। दीपावली पर्वको रमझममै महोत्तरीको मटिहानीमा सुन्दर वाटिका निर्माण हुँदैछ । रामायणकालदेखि महत्व र चर्चा पाएको मटिहानी नगरमा सुन्दर वाटिका निर्माण थालिएको हो । दीपावली पर्वको अवसर पारेर नगरस्थित लक्ष्मीनारायण मठ अगाडिको चभचा पोखरी डिलमा मटिहानी नगरपालिकाले रु ५६ लाखको लागतमा वाटिका निर्माण भइरहेको छ । यसअघि ५१ फिट अग्लो घण्टाघर, […]

न्यूजमधेश डेस्क काठमाडौँ, १७ कार्तिक । नेपाली मूलधारका चलचित्रमा आमरूपमा खलनायकविरूद्ध नायकत्वका कथानक चरित्र प्रस्तुत गरिन्छ । फरकधारमा बनेका चलचित्रले पनि विषयवस्तुमाथि गहन खोज, अनुसन्धान र उत्खनन नगरेको टिप्पणी आउने गरेका बेला समाजमा लुकेको यथार्थलाई खोज र अध्ययनका माध्यमबाट चलचित्रमा उतार्ने पहल पनि भएका छन् । चलचित्रमा असफलताविरूद्ध सफलता, असमानताविरूद्ध समानता र खराबविरूद्ध असलको जीत […]

न्यूजमधेश डेस्क राजविराज, १७ कार्तिक।दुई साताअघि आएको बाढीले बेल्ही–मल्हनिया सडक खण्डको पक्की पुल भत्काएपछि अहिले आवतजावतमा समस्या हुने गरेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाअन्तर्गत बेल्ही–मल्हनिया सडक खण्ड जोड्ने जीर्ण भइसकेको पुल बाढीले भत्काएपछि पूर्ण रुपले आवागमन ठप्प भएको हो । यही कात्तिक १ गतेदेखि तीन दिनसम्म भएको अविरल वर्षाका कारण आएको बाढीले उक्त पुल […]

राजविराज, १७ कार्तिक । कुमालले बनाएको माटाको वर्तन बिक्री गर्ने ठाउँको उचित व्यवस्थापन हुन नसक्दा आफ्ना पुख्य्रौली पेशा संकटमा जान सक्ने एक कुमहालले बताउँछन् । ‘पर्व, तिहार, पुजापाठ, विवाह, श्राद्धलगायतका अन्य कार्यहरुमा समेत प्रयोग गरिने प्रायोजनकालागि निमार्ण गरिएको माटाका वर्तनहरु बिक्री गर्न विभिन्न गाउँका घर घरमा पुर्‍याउनु पर्ने बाध्यता रहेको’ हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर […]

प्रहरीले रुपन्देहीमा ४ जनालाई लागुपदार्थ सहित नियन्त्रणमा लिएका छन् । तिलोत्तमा ३ का केशव गिरी, तिलोत्तमा ४ का शिवनगरका शंकर नेपाल र बुटवल उपमहानगरपालिका ११ का दीपक नेपालीलाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट प्रहरीले ११ ग्राम ब्राउनसुगर बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले जनाएको छ । सोही टोलीले बुटवल १७ रानीगञ्जबाट रवि […]

राजविराज, १६ कार्तिक । आफ्ना जन्मदिनको अवसर पारेर सप्तरीका एक युवा पत्रकारले दलित वस्तीमा शैक्षिक सामग्रीहरु वितरण गरेका छन् । एपि वान टेलिभिजन सप्तरीका संवाददाता सौरभ यादवले जन्मदिको अवसर पारेर सदा (मुसहर) वस्तीका २ दर्जन भन्दा बढी बालबालिकाहरुलाई उक्त सामग्रहरु वितरण गरेका छन् । ‘मधेशलाइभ डट कमका समाचार संयोजक समेत रहेका उनी जिल्लाको विष्णुपुर गाउँपालिका […]

न्यूजमधेश डेस्क कैलाली ,१५ कार्तिक। कैलालीको सत्तीकी लक्ष्मी सुनारको घर कात्तिक पहिलो साता आएको बाढीले डुबानमा प¥यो । यसपछि उहाँको परिवार तीन दिन विद्यालयमा र बाँकी १० दिन आफन्तको घरमा आश्रय लिएर बस्यो । हाल तिहार अर्थात् भाइटीका नजिकिन थालेपछि उहाँको परिवार घर फर्किएर घर सरसफाइमा लागेको छ । “घर सफा गर्दै थियौँ, घरभित्र बालुवा […]