१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

स्वास्थ्य

नेपालगञ्ज सेनाको निगरानीमा सिल

न्यूजमधेश सम्बादाता नेपालगञ्ज,२५ श्रावण । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२ः०० बजेदेखि मङ्गलबार राति १२ः०० बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ । सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन । जीवन रक्षाका लागि भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञाकै समयमा उक्त क्षेत्र सिल गरेको जानकारी दिइएको छ । जिल्ला प्रशासन कार्यालयले […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ श्रावण । नेपालमा आइतबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले शनिबार थप २ जनाको कोरोनाले मृत्यु भएको पुष्टि गरेका हुन् । उनका अनुसार पोखरा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ श्रावण । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ५१५ जनाको पिसीआर परीक्षण गरिएकोमा ३८० मा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै कूल कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ९७२ पुगेको छ । आज काठमाडौँ उपत्यकामा थप ९२ कोरोनाका […]

प्रभाषचन्द्र झा/अजयकुमार साह जनकपुरधाम ,२३ श्रावण । प्रदेश नं २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तरमा वृद्धि भइरहेको छ । निषेधाज्ञाको पालना गर्नुपर्ने विषयमा सर्वसाधारण जागरुक हुन नसक्नु, आपूmलाई कोरोना नलाग्ने भ्रमले समाजिक दूरी कायम नगर्नु र कतिपयले मास्क प्रयोग नगरी भीडभाड ठाउँमा पुग्ने गरिएको कारणले कोरोना सङ्क्रमणमा निरन्तर वृद्धि […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ श्रावण । गलत समूहको रगत चढाएपछि एक सुत्केरीको मृत्यु भएको अभियोगमा जनकपुरका दुई चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ स्थित रामजानकी अस्पतालमा सुत्केरी भएकी महोत्तरीको गौशाला नगरपालिकाको भरतपुर बस्ने २३ वर्षीया गङ्गादेवी महतोको आज बिहान मृत्यु भएपछि चिकित्सक पक्राउमा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ […]

न्यूजमधेश सम्बादाता राजविराज ,२२ श्रावण । सप्तरीमा एकै दिन ४३ जना सङ्क्रमित कोरोना जितेर घर फर्केका छन् । गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाका अनुसार एकैपटक नौ महिलासहित ४३ जना निको भएका हुन् । उनीहरूको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको छ । एकै दिन ४३ जना निको भई घर […]

दुर्गा दुलाल वीरगञ्ज ,१९ श्रावण । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका अहिले कोरोना संक्रमणको हटस्पट बनेको छ। वीरगञ्जमा मात्र १० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् भने हाल ६ जना संक्रमितको अवस्था गम्भीर छ। वीरगञ्जमा अन्य जिल्लाका ४ जनाले ज्यान गुमाएका छन्। कुनै समय नियन्त्रण उन्मुख रहेको भनिएको वीरगञ्ज लकडाउन खुलेसँगै पुनः कोरोनाको हटस्पट बनेको छ। […]

न्यूजमधेश सम्बादाता झापा ,१८ श्रावण । झापामा कोरोना सङ्क्रमित बढेका कारण दुईवटा स्थानीय तहले लकडाउन गरेका छन् । समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएको भन्दै अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले लकडाउन गरेका हुन् । अर्जुनधारा नगरपालिकाले आइतबार बिहानदेखि पाँच दिनका लागि बन्दाबन्दी गरेको छ भने बिर्तामोड नगरपालिकाले अनिश्चितकालका लागि बन्दाबन्दी गरेको हो । बिर्तामोड नगरपालिकाले आज अपराह्न […]