१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

स्वास्थ्य

विद्यार्थी जनमत संघद्वारा सिरहामा रक्तदान कार्यक्रम सम्पन्न

न्यूजमधेश डेस्क सिरहा ,१८ श्रावण । कोभिड १९ का कारण देखिएको रगत अभाव कम गर्न मद्दत पुर्याउने उदेश्यले विद्यार्थी जनमत संघ सिरहाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी सिरहाको प्राविधिक सहयोगमा आईतबार जनमत विद्यार्थी संघ सिरहाका अध्यक्ष अरबिन्द सहनीको अध्यक्षतामा जनमत पार्टी सिरहाको कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० जना सहभागि भएका विद्यार्थी नेता […]

न्यूजमधेश डेस्क काठमाडौं,१८ श्रावण । महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ट्राफिक महाशाखा सिल गरिएको छ । गत शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनमा दुई ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा सिल गरिएको हो । महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि महाशाखामा […]

न्यूजमधेश सम्बादाता महोत्तरी,१७ श्रावण । समुदायस्तरमा नै कारोना महामारी फैलिन थालेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गए रातिदेखि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला दैवी प्रकोप समितिले एक सूचना जारी गर्दै गए राति ११ बजेदेखि लागू हुने गरी पाँच दिनका लागि जलेश्वरमा निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा हस्ताक्षरित […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ श्रावन । नारायणी अस्पतालमा एक जना कोरोना संक्रमित महिलाले शिशुको जन्म दिएकी छन् । पर्साको छप्कैया- १ की ३१ वर्षकी कोरोना संक्रमित महिलाले शीशुको जन्म दिएकी हुन् । उनी संक्रमित भए पनि सफलतापूर्वक सुत्केरी गराइएको नारायणी अस्पतालका डा।निरज सिंहले जानकारी दिए । डा. सिंहका अनुसार ती महिलाको आज बिहान ४ बजेर […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ श्रावण ।पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं आएका उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । बिहीबार उनको रिपोर्ट पोजेटिभ देखिएको हो। उनी हाल आफ्नै निवास टंगालमा होम आइसोलेसनमा बसिरहेको उनका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए। सरावगीले […]

न्यूजमधेश सम्बादाता काठमाडौं,१५ श्रावण । नेपालमा विहीबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार वीरगन्जका २ जना र मोरङका १ जनाको करोनाले मृत्यु भएको पुष्टि भएको हो […]

न्यूजमधेश सम्बादाता नयाँ दिल्ली ,१५ श्रावण । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख ८३ हजार नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार १२३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख ८३ हजार ७९२ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका […]

न्यूजमधेश सम्बादाता वीरगन्ज,१५ श्रावण ।नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ जना बारा र बाँकी सबै पर्सामै बस्दै आएकाहरू हुन् । नारायणी अस्पतालको क्वार्टरमा बस्ने ११ स्वास्थ्यकर्मीका परिवार पनि संक्रमित भएका छन् । अस्पतालका दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। […]