२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

मधेश विशेष

झापामा शर्माले लिएको नागरिकता सङ्कास्पद्

झापा । झापामा एक व्यक्तिले लिएको नागरिकता सङ्कास्पद् देखिएको छ । झापा साबिक घेराबारी ५ हाल कचनकवल १ का रमेश शर्माको नागरिकता सङ्कास्पद् देखिएको हो । शर्माले दाजुको नागरिकता, नाता प्रमाणित र बसाइँसराइको कागजात पेस गरेर वि.सं. २०७१ फागुन १६ गते वंशजको आधारमा जिल्ला प्रशासन कार्यालय झापा मार्फत नागरिकता जारी गरेको उल्लेख छ। नागरिकतामा बाबुको […]

राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबसाइन नगरपालिकाका मेयर आतेश कुमार सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । बोदेबर्साइन नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि […]

जनकपुरधाम ।मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन प्रती समवेदना प्रकट गरेको छ। वरिष्ठ पत्रकार नेपालीको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको शिक्षा मन्त्री यादवले बताएका छन् । उनले राष्ट्रिय स्तरमै आफ्नो पहिचान स्थापित गरेको प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार नेपालीको शोकाकुल परिवारजनमा धैर्य […]

जनकपुरधाम । नेपाल ट्रेड सेन्टर जनकपुरधामका सञ्चालक सोहनलाल मुरारकाले व्यवसायीको कारोबारमा जर्वजस्ती तमसुक बनाउने गरेको पाइएको छ । निर्माण व्यवसायीहरुले कारोबार गर्दा बैंक खाता रोक्का गराएर जर्वजस्ती फर्जी तमसुक बनाउने गरेको हो । सुगम निर्माण सेवाका सञ्चालक श्याम साहले मुरारका गुण्डा लगाएर हिसाब नै नगरी तमसुकमा हस्ताक्षर गर्न लगएको आरोप लगाएका छन् । उनले २०७२ […]

सर्लाही । सरकारले सबै वडामा प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरी नागरिकलाई प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिए पनि सर्लाहीका १८ वडामा अझै स्वास्थ्य केन्द्र स्थापना हुन सकेको छैन । सर्लाहीमा २० पालिकाका दुई सय वडा छन् । जिल्लामा सबैभन्दा धेरै उत्तरपश्चिम भेगस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पर्ने बागमती नगरपालिकाको छ वटा वडामा स्वास्थ्य संस्था छैन । बागमतीको […]

जनकपुरधाम । प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ । पत्रकारिताका भीष्म पितामह पनि भनिने नेपालीको आज बेलुका ८:१० बजे जनकपुरधामस्थित म्याक्स अस्पतालमा निधन भएको उहाँका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । विगत १४ महिनादेखि बिरामी पर्नुभएका नेपाली गत असोज १२ गतेदेखि ओछ्यान पर्नुभएको थियो । यसअघि उहाँलाई […]

काठमाडौं । उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हीत समितिको सभापति अब्दुल खानले उद्योग वाणिज्य र श्रमका समस्या समाधान गर्न खरो रुपमा लाग्ने बताएका छन् । सोमवार समिति सभापतिमा सर्वसहमत निर्वाचित भएपश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले सबैभन्दा पहिला उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता क्षेत्रका समस्याको अपडेट लिने बताए । उनले समस्याहरुको अपडेट […]

सर्लाही । सर्लाहीको ‘दुर्गम’ भनेर चिनिने नारायण खोलामा अहिले पनि स्थानीय बिरामी पर्दा झोलुङ्गोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ । जिल्लाको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका–१४ मा पर्ने साबिक नारायण खोला गाउँ विकास समिति अझै सडक सञ्जालमा जोडिएको छैन । लालबन्दी बजारदेखि वडा नं. १३ पत्थरकोट छेडासम्म सडक पुगे पनि त्यहाँदेखि लखन्देही खोलाको बगरैबगर भई नारायण खोलासम्म पुग्नुपर्ने […]