०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

राजनीति

पुर्व प्र.अ पाण्डेयले गरेको लाखौं भ्रष्टाचार रकम दाखिला गर्न पटकपटक पत्राचार

रौतहट । रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकामा रहेको सरस्वती माध्यमिक बिधालयका तत्कालीन प्रधानाध्यापक नविण कुमार पाण्डेयले लाखौं रकम भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाले जनाएको हो। पुर्व प्रधानाध्यापक पाण्डेयले तत्कालीन समयमा सरस्वती माध्यमिक बिधालयको अस्थायी शिक्षकको रुपमा कार्यरत रहेको थियो।पुर्व प्र.अ पाण्डेय गत आर्थिक बर्ष २०७२ सालमा सोर्स फोर्फको अधारमा सो बिधालयको प्रधानाध्यापक बन्न सफल […]

जनकपुरधाम ।बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी धनुषाका पुर्वसचिव भोला राउत जनमत पार्टी प्रवेश गरेका छ्न। बुधबार जनमत पार्टी धनुषाको जिल्ला पार्टी कार्यलयमा नेता राउतलाई जनमतका नेता पवन मण्डलले प्रवेश गराएका हुन् । नेता राउतलाई जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलले पार्टीमा गम्छा र सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेको […]

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीका भातृसंगठन अन्तर्गत पशु चिकित्सक जनमत संघको केन्द्रिय कार्यसमिति घोषणा भएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रम बिच डा.मोगल प्रसाद साहको नेतृत्वमा पशुचिकित्सक जनमत संघ घोषणा भएका हुन। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको । उक्त कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा जनमत […]

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका जय किसान माध्यमिक विद्यालयको प्राङ्गणमा शुद्ध खानेपानीको लागि फिल्टर जडान गरिएको छ । जनमत पार्टीका केन्द्रीय सदस्य रामलाल यादवको पहलमा ईपीसी नेपालद्वारा खानेपानीको फिल्टर मेसिन सोमवार जडान गरिएको हो। फिल्टर जडान भएपछि विद्यालयका छात्र छात्रालाई सुद्ध खानेपानीको आपूर्ति सहज भएको प्रधानाध्यापक सञ्जय गुप्ताले बताए। उद्योग तथा वाणिज्य र श्रम […]

जनकपुरधाम । महोत्तरीको जलेश्वरमा भएको सशस्त्रका असई थमन बिकको हत्या अभियोगमा अदालतले गरेको फैसलाप्रति जनमत पार्टीले असहमति जनाएको छ ‌। तेस्रो मधेश आन्दोलनको क्रममा असई विक मारिएका थिए । उनको हत्या आरोपमा २८ जनामाथि मुद्दा दायर भएकोमा जिल्ला अदालतले मधेश प्रदेशसभा सदस्य अभिराभ शर्मासहित ७ जनालाई जन्मकैदको सजाय सुनाएको छ । अदालतको उक्त फेसलाले मधेस […]

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महताले महोत्तरी जिल्ला अदालतको फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । महतोले प्रेस वक्तव्य जारी गरेर मधेश आन्दोलनका बेला भएका घटनामा पूर्वाग्राही ढंगले मुद्दा दायर भएको र त्यसमाथि गरिएको फैसला दुर्भाग्यपूर्ण रहेको उल्लेख गरेका छन् । महोत्तरी अदालतले बिहीबार थमन विक हत्या प्रकरणमा लक्ष्मी महतो […]

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को विवाद सतहमा आएको छ । दुई जना वरिष्ठ नेता राजेन्द्र महतो र अनिल कुमार झाले वहिष्कार गरेपछि आइतवार बसेको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा सहभागी नहुने घोषणा गरेका वरिष्ठ नेताद्वय महतो र झाको कारण एजेण्डाहरुमा छलफल नै नगरी स्थगन भएको छ । […]

जनकपुरधाम। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा आज धनुषाको औरही गाउँपालिकामा आउने भएका छन् । धनुषा निर्वाचन क्षेत्र नम्वर २ का पूर्व सभापति स्व. राजकिशोर सिंहको शालिक अनावरण गर्न उनी औरही आउन लागेको जनाइएको छ । औरही गाउँपालिका–४ मा हुन लागेको शालिक अनावरण कार्यक्रममा सहभागी हुन सभापति देउवा एक बजे हेलिकप्टरबाट औरहीमै आउने […]