०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

राजनीति

नेता यादव जनमत प्रवेश

जनकपुरधाम ।नेपाली कांग्रेसका नेता संजय यादव जनमत पार्टीमा प्रवेश गरेका छन। शनिबार बिहान नेपाली कांग्रेस औरही गाउँपालिका-१ का नेता यादवले जनमत पार्टीमा प्रवेश गरेका हुन। नेता यादवलाई पार्टीका मधेश प्रदेश सदस्य राम पुकार यादवले उनलाई पार्टीको सदस्यता हस्तान्तरण गर्दै पार्टीमा स्वागत गरेको हो।

काठमाडौँ । जनमत पार्टीले पार्टीको अधिवेशनमा तोकिएको जिम्मेवारी पुरा नगर्ने नेता-कार्यकर्तालाई कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नदिने निर्णय गरेको छ। मंसिर १५ गतेदेखि जनमत पार्टीको वडादेखि प्रदेश समितिसम्मको अधिवेशन सुरु भएको छ। पार्टीका सचिव बीपी साहले भने ‘पार्टीको वडा अधिवेशनमा पार्टी निर्देशिका अनुसार तोकिएको जिम्मेवारी पुरा नगर्ने नेता-कार्यकर्ताहरु पार्टीको कुनै पनि तहको अधिवेशनमा उम्मेदवार […]

जनकपुरधाम ।नेकपा माओवादी केन्द्रका नेता दानी यादवले जनमत पार्टीमा प्रवेश गरेका छन । बुधबार नेकपा माओवादी केन्द्रका नेता यादवले पार्टी परित्याग गर्दै जनमत पार्टी प्रवेश गरेका छ्न। नेता यादवलाई जनमत पार्टीका प्रदेश सदस्य राम पुकार यादवले पार्टीमा स्वागत गरेको हो।नेता यादवले जनमत पार्टीको सदस्यतासमेत लिएको हो। सहिद नगर नगरपालिका-१ बलाबाखर निवासी रहेको विद्यार्थी जनमत संघका […]

रुपन्देही । जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले मेला–महोत्सवले मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने बताएका छन् । उनले मेला-महोत्सव मनोरञ्जनका लागि मात्रै नभइ यसले मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा मंसिर ६ गतेदेखि सञ्चालित छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० को सोमबार समापन कार्यक्रममा सचिव […]

जनकपुरधाम । जनमत पार्टी धनुषाले अधिवेशन तयारी समिति तोकेको छ। मंगलबार जनमत पार्टी धनुषाका इन्चार्ज सुरेन्द्र कुमार मण्डलको संयोजकत्वमा ७ सदस्यीय अधिवेशन समिति तोकिएको हो। समितिको सदस्यहरुमा जनमत पार्टीका राष्ट्रिय सचीव विशेश्वर प्रसाद साह(वीपी ),पार्टी केन्द्रिय कार्यकारिणी सदस्य इन्द्रजीत यादव,रेखा मण्डल ,केन्द्रिय सदस्य नवीन पण्डित रहेको छ। त्यसैगरी ,आमन्त्रित सदस्यमा जगदिस प्रसाद सिंह(जेपी सर) र […]

काठमाडौं । एकीकृत समाजवादीले आगामी जेठमा मात्र महाधिवेशन गर्ने भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले माघ १४–१८ का लागि तोकिएको महाधिवेशन जेठमा सार्ने निर्णय गरेको हो । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार महाधिवेशन २०८१ जेठ ३–७ काठमाडौंमा हुनेछ । महाधिवेशनमा पेश गर्ने दस्तावेजहरुको मस्यौदा गर्न पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय […]

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत दुबईमा सुरु भएको कोप–२८ को सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । यूएईको दुबईमा नोभेम्बर ३० मा सुरु भएको सो कोप–२८ सम्मेलनमा नेपालबाट प्रधानमन्त्री प्रचण्ड स्वयं पनि सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्ड मङ्सिर १३ गते दुबई प्रस्थान गरेका थिए । यो सम्मेलन डिसेम्बर १२ मा […]

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न र त्यसका लागि आवश्यक काम गर्न राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिलाई निर्देशन दिएका थिए। राष्ट्रपतिले राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा चुरे संरक्षणका सम्बन्धमा भएको छलफलमा यस्तो निर्देशन दिएका हुन्। उनले चुरे विनासले निम्त्याउने सङ्कटप्रति चिन्ता व्यक्त गर्दै […]