०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

राजनीति

सिरहाबाट पूर्वराज्यमन्त्री यादवसहित जनमतका १३ जना पक्राउ

जनकपुरधाम । ‘धोती दिवस’ मनाउने क्रममा काठमाडौंमा पक्राउ परेका नेता कार्यकर्तालाई रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका जनमत पार्टीका १३ नेता कार्यकर्ता पक्राउ परेका छन् । सिरहाको गोलबजारस्थित पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन गर्ने क्रममा प्रहरीले जनमत पार्टीका १३ नेता कार्यकर्तालाई पक्राउ परेको हो । पक्राउ पर्नेमा मधेशका पूर्वराज्यमन्त्री तथा सांसद संजय यादव, सांसद त्रिभुवन साह,सांसद भाग्यश्री चौधरी, […]

काठमाडौं । धोती दिवस मनाउन माइतीघरमा भेला भएका सयौं मधेशीलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान सेतो धोती लगाएर माइतीघरमा भेला भएका सयौं मधेशीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, उपाध्यक्ष अब्दुल खान, दिपक साह, प्रवक्ता डा. शरद सिंह यादव, राष्ट्रिय सचिव बीपी साहलगायत छन् । उनीहरुलाई […]

काठमाडौं।लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य गणेश गिरि जनमत पार्टीमा प्रवेश गरेका छन्। बिहिवार काठमाडौंको बानेश्वरस्थित जनमत पार्टीको कार्यलयमा पुगेर लोसपाका केन्द्रिय सदस्य नेता गिरि जनमत प्रवेश गरेका हुन् ।उनलाई पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा र टीका लगाएर पार्टीमा स्वागत गरेको हो। साथै,अध्यक्ष डा.राउतले नेता गिरिलाई पार्टीको सदस्यतासमेत हस्तान्तरण गरेका हुन् । नेता गिरि […]

काठमाडौं । गत वर्ष पुस १० मा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएको छैटौं दिनमा चितवनस्थित नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहमा सम्बोधन गर्दै पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा भाषण कम र काम धेरै गर्ने प्रतिज्ञा गरेको बताएका थिए। ‘तपाईंहरुलाई थाहा छ, मैले बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने भनेको छु। म […]

काठमाडौं ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मणिराम रेग्मीलाई बाजुरा जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ। रेग्मीलाई पार्टीको जिल्ला इन्चार्ज पदमा आजकै मितिबाट लागू हुने गरि मनोनीत गरेको जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले जानकारी दिए। रेग्मीको कार्यकालमा पार्टीले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षासहित उनलाई जिल्ला इन्चार्जको जिम्मेवारी सोपिएका हुन। जिल्लामा पार्टीको काम–कारबाही अगाडि बढाउन र संगठन […]

काठमाडौं। सुदुर पश्चिम प्रदेशका दर्जनौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन।मंगलबार काठमाडौंको बानेश्वरस्थित रहेको पार्टीका केन्द्रिय कार्यलयमा एक कार्यक्रम बिच उनिहरु जनमत पार्टी प्रवेश गरेका हुन। पार्टी प्रवेश गर्नेमा नेपाल कमासु समाजका केन्द्रिय अध्यक्ष भागिराम चौधरी ,मुक्त कमैया बरघर संजालका केन्द्रिय अध्यक्ष राम फल चौधरी ,मुक्त कमैया महिला विकास मंचकी केन्द्रिय अध्यक्ष कौशिला चौधरी , […]

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि (मंगलबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आफू नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले शनिबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै एक वर्ष पुगेको […]

काठमाडौँ । सभामुख देवराज घिमिरेले एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन्। सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेको अवस्थामा निलम्बनमा परेका कोइरीले अदालतबाट सफाइ पाएपछि निलम्बन फुकुवा गरिएको हो। संघीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले सांसद कोइरीको निलम्बन फुकुवा भएको सूचना सभामुख घिमिरेको निर्देशनमा आइतबार जारी गरेका हुन्। कोइरीको सांसद पद गत वैशाख १९ […]