१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

राजनीति

आज नागपंचमी, नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै

न्युजमधेस डेस्क जनकपुरधाम,१७ साउन। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी  लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक […]

न्युजमधेस डेस्क अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले श्रीमतीलाई भान्से नियुक्ति गरेका छन् । कार्यालय सहायक सरहको तलब–सुविधा पाउने गरी श्रीमती जयसरा साउदलाई उनले भान्सेमा नियुक्ति गरेका हुन् । जेठ १५ गतेदेखि लागु हुनेगरी ६ महिनाको करार सम्झौता गरिएको करार सम्झौतामा उल्लेख छ । करार सम्झौताअनुसार भान्सेका रूपमा गाउँपालिका अध्यक्षकी श्रीमतीले मासिक २१ हजार ३ […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ श्रावण ।निर्वाचन आयोगले राजनीतिक दलहरुलाई सदस्यतासम्बन्धी विवरण व्यवस्थित र अद्यावधिक गरिराख्न निर्देशन दिएको छ। आयोगका प्रवक्ता शालिकराम शर्माले आइतबार एक विज्ञप्ति जारी गर्दै दलहरुलाई यस्ताे आग्रह गरेका हुन्। आयोगले राजनीतिक दलहरुलाई नागरिकता प्रमाणपत्र नम्बर र मतदाता परिचयपत्र नम्बरका आधारमा सदस्यहरुको विवरण अद्यावधिक गर्नु भनेको छ। विज्ञप्तिमा आयोगबाट माग गरिएको बखत उपलब्ध गराउन […]

न्यूजमधेश डेस्क काठमाडौं ,१५ श्रावण। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई पद तथा गोपनीयताको शपग ग्रहण गराएकी छन् । आइतबार साँझ राष्ट्रपति भवनमा आयोजित विशेष सारोहमा राष्ट्रपति भण्डारीले अर्थमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । उक्त समारोहमा उपपारष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटासहित संवैधानिक अगंका प्रमुखको उपस्थिति थियो […]

धनुषा,१५ साउन। जनकपुरधाममा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा […]

न्युजमधेस डेस्क धरान,१४ श्रावण। सुनसरी धरानका नगरप्रमुख हर्क साम्पाङ देशकै निम्ति मर्न सकूँ भन्दै रोएका छन् । धरानस्थित निशाने खोलामा आज बिहान रुख रोप्न पुगेका उनी धरान ब्युटी कन्टेस्टमा भाग लिने युवतीहरूलाई सम्बोधन गर्ने क्रममा रोएका हुन् । उनको यो भिडियो अहिले भाइरल बनेको छ । धरानको स्थानीय मिडियामा प्रसारित भिडियोमा उनी आफूले लेखेको देशभक्तिपूर्ण गीत […]

न्युजमधेस डेस्क जनकपुरधाम,१४ श्रावण। धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ । युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ । कृष्णपुर नगरपालिका–५ का किसान जग्गु चौधरीले युरिया मल नपाइदा एक हजार ६०० बढी तिरेर भारतबाट अवैधरूपले ल्याइएको मल खेतबारीमा हाल्नुपरेको बताए । ‘अनुदानको मल पाइएन’, उनले भने, […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ श्रावण । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रदेश सांसदमा नेकपा एमालेका नेता कमल देव यादवले पनि चुनाव लड्ने भएको छ। नेता यादवले न्यूजमधेशसंग कुरा गर्दै उनले भने,’धनुषाको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट आफुले उम्मेदवारी दिने बताएको छ । पुर्व प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा एमाले पार्टीमा सक्रिय रहँदै आएका […]